

काठमाडौ – नेपालबाट कफी निर्यात २० प्रतिशतले घटेको छ । पछिल्लो ५ महिनामा कफी निर्यात २० प्रतिशतले घटेको भन्सार विभागले जनाएको हो । विभागका अनुसार गत आर्थिक वर्षकोसुरुका साढे ५ महिनामा ३ करोड ५८ लाख १५ हजार रूपैयाँको नेपाली कफी निर्यात भएको थियो ।
तर गत साउन यताका साढे ५ महिनामा २ करोड ८४ लाख २६ हजार रूपैयाँको मात्र कफी निर्यात भएको छ । यो ७३ लाख ८९ हजार रूपैयाँ कम हो । यस वर्ष सबैभन्दा धेरै जर्मनीमा १ करोड ९२ हजार रूपैयाँको नेपाली कफी निर्यात भएको छ ।
गत वर्ष भने नेपालले सबैभन्दा धेरै स्वीट्जरल्यान्डमा कफी निर्यात गरेको थियो । गत वर्ष १ करोड ५२ लाखको कफी किनेको स्वीजरल्याण्डले यसवर्ष भने नेपालबाट जम्मा २ लाख ९० हजारको कफी मात्र किनेको छ ।
संसारमै उत्कृष्टमध्ये एक मानिने नेपालको कफी जापान, अस्ट्रेलिया, अमेरिका, कोरिया, जर्मनी, बेलायत, क्यानाडालगायत देशमा निर्यात हुने गरेको छ । राष्ट्रिय चिया तथा कफी बोर्डका अनुसार नेपालमा वार्षिक २९ करोड ७५ लाख मूल्यको ४ सय ३४ मेट्रिक टन कफी उत्पादन हुने गरेको छ ।
अर्थ बाणिज्यबाट थप समाचार
चिराइतो खेतीबाट वार्षिक १२ लाखसम्म आम्दानी
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
प्रतिनिधि सभाको बैठक स्थगित
गौशालाकी उपप्रमुख महतोलाई कार्यालय प्रवेशमा अवरोध
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७