

काठमाडौं । हर्मितसिंहको उतकृष्ट बलिङमा काठमाडौं नाइट्सलाई ३५ रनले पराजित गर्दै लुम्बिनी अलस्टार्सले जारी नेपाल टी(२० लिगमा लगातार पाँचौं जित निकालेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लुम्बिनीले दिएको १ सय ५१ रनको लक्ष्य पछ्याएको काठमाडौं निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय १५ रनमा सीमित भयो ।
काठमाडौंका लागि अज्मतुल्लाह ओमारजाईले सर्वाधिक ३८ रनको योगदान गरे । उनले २९ बल खेल्दै ३ छक्का प्रहार गरे । शीर्ष क्रमका तीन ब्याटर शून्यमा आउट हुँदा एलेक्स ब्लेकले ११ रन जोडे । सुमन गौतमले ३२ बलमा १८ रन बनाए । वसिर अहमद १० रनमा पभेलियन फर्कँदा कमल ऐरी १९ रनमा अविजित रहे ।
लुम्बिनीको जितमा हर्मितसिंहले उत्कृष्ट बलिङ गरे । उनले ४ ओभरमा १ मेडन राख्दै ७ रन खर्चिएर तीन विकेट लिए । किसोर महत्तो, सेड्ली भान स्केल्कवेक, तिलक भण्डारी र ह्यारि टेकटरले समान १ विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङ थालेको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ५० रनको योगफल तयार गरेको थियो ।
लुम्बिनीका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले २७ बलमा तीन चौका र एक छक्कासहित सर्वाधिक ४० रन जोडे । ओपनर लाहिरु मिलन्था १८ बलमा २ छक्कासहित २५ रनमा आउट हुँदा कुशल भुर्तेलले १६ बलमा ३ चौकासहित १९ रनको योगदान गरे ।
हर्मितसिंह १२ रन, र अनिल शाह १३ रनमा आउट हुँदा सेड्ली भान स्केल्कवेक २१ रनमा अविजित रहे ।
काठमाडौंको वलिङमा अन्मतुल्लाह ओमारजाईले ४ ओभरमा १२ रन खर्चिएर २ विकेट लिए । अविनाश बोहरा, अनिल खरेल, वसिर अहमद, सुनम गौतम र एलेक्स ब्लेकले समान १ विकेट लिए ।
खेलकुदबाट थप समाचार
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै
नेपाल र हङकङबीचको खेल वर्षाले रद्ध
आईपीएल: चेन्नई प्लेअफ होडबाट बाहिरियो
अर्जेन्टिना ‘विश्वकप २०२६’ मा
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७