TRENDING
होमपेज
निवर्तमान प्रधानमन्त्री देउवाले छाडे सरकारी निवास


काठमाडौ । निवर्तमान प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासबाट सर्नुभएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आइतबार प्रधानमन्त्री नियुक्त भएपछि देउवा बालुवाटरस्थित सरकारी निवासबाट सर्नुभएको हो ।
बुढानिलकण्ठस्थित निजी निवास हाल मर्मत् भइरहेकाले उहाँ धुम्बाराहीस्थित भाडाको घरमा सर्नुभएको उहाँका प्रमुख स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो । उहाँ २०७८ साल असार २८ गते पाचौँ पटक प्रधानमन्त्रीमा नियुक्त हुनु भएपछि निवर्तमान प्रधानमन्त्री देउवा सरकारी निवासमा बस्दै आउनुभएको थियो ।
मुख्य समाचारबाट थप समाचार
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
जेष्ठ ७, २०८२
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
जेष्ठ ७, २०८२
वृद्ध भत्ताको उमेर ७० वर्ष पुर्याउने सरकारको तयारी
जेष्ठ ९, २०८२
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
जेष्ठ ७, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७