

काठमाडौ । नेपालमा दुइटा अन्तर्राष्ट्रिय रियालिटी –शो घोषणा गरिएको छ।
मंगलबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै गायन – शो ‘मेरो भ्वाइस युनिभर्स’ र नृत्य(शो ‘मेरो डान्स युनिभर्स’ को घोषणा गरिएको हो।
इन्ट्रा नेसनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाले आयोजना गरेको शोमा विश्वभर छरिएर रहेका १६ वर्षमाथिका नेपाली भाषीहरूले सहभागिता जनाउन पाउने छन्।
‘मेरो भ्वाइस युनिभर्स’ का विजेताले एक करोड रूपैयाँ पुरस्कार पाउने छन्। फर्स्ट रनरअपले ३० लाख रूपैयाँ र सेकेन्ड रनरअपले २० लाख रूपैयाँ पुरस्कार पाउने छन्।
यस्तै ‘मेरो डान्स युनिभर्स’ का विजेताले पनि १ करोड रूपैयाँ पुरस्कार पाउने छन्। यो शोको फर्स्ट रनरअपले ३० लाख र सेकेन्ड रनरअपले २० लाख पुरस्कार पाउने छन्।
उक्त पुरस्कार राशी नेपालमै अहिलेसम्मकै ठूलो भएको आयोजकले दाबी गरेका छन्।
शिव परियार, अन्जु पन्त, पुष्पन प्रधान, सुजता वर्मा, सुरेश अधिकारी र सुनिता थेगिम निर्णायक रहेको गायन(शो रिमा विश्वकर्मा र प्रजीत रानाले होस्ट गर्ने छन्।
दीलिप रायमाझी, प्रियंका कार्की, शंकर विसी, केकी अधिकारी, निर्माण राई र मिथिला शर्मा निर्णायक रहेको नृत्य(शो भने नरेश भट्टराई र सुनिता गुरुङले होस्ट गर्ने छन्।
‘हामीले धेरै सांस्कृतिक कार्यक्रम गरेका छौं। मनोरञ्जनको माध्यमबाट विश्वभर छरिएर रहेका नेपाली भाषीहरूलाई एक सूत्रमा बाँध्ने र उनीहरूलाई नेपाली भाषाको बारेमा सधैं नै सजग गराउने उद्देश्यले यो कार्यक्रम आयोजना गर्न लागिएको हो,’ फाउन्डेसनका अध्यक्ष डिल्ली अधिकारीले भने।
यो प्रतिषयोगितामा सहभागी हुन चाहने विश्वभरका नेपाली भाषीहरूले इन्ट्रा फाउन्डेसनको एप डाउनलोड गरेर फर्म भर्न सक्ने छन्। मंगलबारदेखि नै फारम भर्न सक्ने आयोजकले जानकारी दिए।
जनवरी १ बाट भने प्रतिस्पर्धीलाई विश्वका विभिन्न स्थानमा बोलाएर अडिसन गरिनेछ। अध्यक्ष अधिकारीका अनुसार नेपालको पूर्व, मध्य र पश्चिमाञ्चलबाट अडिसन हुनेछ। यस्तै म्यानमार, थाइन्ण्डड, भुटान, भारत, अस्ट्रेलिया, अमेरिका, क्यानडा लगायत अन्य युरोपियन देशमा प्रतिस्पर्धीको संख्याका आधारमा अडिसन गरिनेछ।
एलिन श्रेष्ठको निर्देशन रहेका यी दुई रियालिटी –शो टेलिभिजनमा प्रसारण हुने छन्। कुन च्यानलमा प्रसारण हुने भन्नेबारे टुंगो लागेको छैन।
मनोरञ्जनबाट थप समाचार
रानीपोखरी अब सबैका लागि खुल्ला
सर्वनाममा २ दर्जनबढी अन्तराष्ट्रिय नाटकहरु प्रदर्शन
अन्नपूर्णले पोतेको खुसीका रङ
‘लाज शरणम्’को ओपनिङ करोड माथि
आगामी मे पहिलो साता युकेमा बुद्धजयन्ती पर्व मनाइँदै
विनियोजनमा देखिँदै आएको विकृति रोक्न रास्वपाको सुझाव
शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : सांसद ज्वाला
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
विश्व खोप सप्ताह प्रारम्भ
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७