

काठमाण्डौ । देशभरको तापक्रम क्रमिक रुपमा घटिरहेको छ । हिजो भन्दा आज चिसो धेरै छ । काठमाण्डौको न्यूनतम तापक्रम आज एक डिग्री सेल्सियसले घटेको छ ।
हिजो ४ दशमलव ४ डिग्री सेल्सियस रहेकोमा आज न्यूनतम तापक्रम ३ दशमलव ४ डिग्री सेल्सियसमा झरेको मौसमविद् राजु प्रधानांगले जानकारी दिनुभयो । देशभरकै तापक्रम क्रमिक रुपमा घट्दै गइरहेको छ ।
वीरेन्द्रनगरको न्यूनतम तापक्रम ३ दशमलव १ डिग्री सेल्सियस छ । यस्तै, ताप्लेजुङको ३ दशमलव ५, लुम्लेको ४, डडेल्धुराको ४ दशमलव ४ डिग्री सेल्सियस छ । जिरीको न्यूनतम तापक्रम माइनस १ दशमलव ८, जोमसोमको माइनस ५ र जुम्लाको माइनस ६ दशमलव ५ डिग्री सेल्सियस छ ।
न्यूनतमसँगै देशभरकै अधिकतम तापक्रम पनि घट्न थालेको छ । हिउँदयामको मध्यतिर आइपुगेकाले पनि जाडो बढेको हो । डिसेम्बर, जनवरी र फेब्रुअरी तीन महिनालाई जाडोयाम मानिन्छ । डिसेम्बर महिना सकिएर जनवरी सुरु हुन लागेको छ । आज डिसेम्बर २८ तारिख हो । आउँदो आइतबारदेखि जनवरी सुरु हुन्छ ।
अहिले पहाडीसहित तराईका जिल्लामा हुस्सु कुहिरो लागेको छ । पहाडी क्षेत्रको कुहिरो हटेर घाम लाग्ने सम्भावना छ तर तराईका जिल्लामा दिउँसोसम्म नै हुस्सु कुहिरो लाग्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । आज प्रदेश १ को पहाडी क्षेत्रको मौमस आंशिकदेखि सामान्य बद्ली हुने र बाँकी ठाउँको मौसम सामान्यतया सफा रहने मौसमविद् राजु प्रधानांगले जानकारी दिनुभयो ।
अर्थ बाणिज्यबाट थप समाचार
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
सगरमाथा संवाद : जलवायु सङ्कटको न्याय खोजिँदै
शेयरबजार निरन्तर ओरालो, घट्यो कारोबार
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७