TRENDING
होमपेज
यलम्बर कप ब्याडमिन्टन च्याम्पियनसिप माघ १ देखि


काठमाडौं । तेस्रो यलम्बर कप तथा प्रथम राष्ट्रव्यापी यलम्बर भेट्रान्स ब्याडमिन्टन च्याम्पियनसिप माघमा पहिलो साता आयोजना हुने भएको छ ।
नखिपोट युथ क्लब (ब्याडमिन्टन सर्कल)ले सोमबार सुम्निमा तपोखिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिता माघ १ गतेबाट ५ गतेसम्म आयोजना हुने जनाएको छ ।
प्रतियोगितामा मेन्स ओपन डबल्स (शीर्ष २ वरीयता बाहेक), सुपर भेट्रान्स डबल्स (५५ वर्षमाथि), भेट्रान्स डबल्स (४५ वर्षमाथि), मेडियम भेट्रान्स डबल्स (३५ वर्षमाथि), महिला एकल (शीर्ष २० वरीयता बाहेक) र पुरुष एकल १९ वर्षमुनि शीर्ष २० वरीयता बाहेक इभेन्ट्समा प्रतिस्पर्धा हुनेछ ।
नखिपोट युवा क्लबको ब्याडमिन्टन कोर्टमा आयोजना हुने प्रतियोगिताको मेन्स ओपन डबल्सको विजेताले ५० हजार, दोस्रोले २५ हजार र तेस्रो हुनेले २० हजार नगद पुरस्कार पाउने छन् ।
खेलकुदबाट थप समाचार
विश्वकप लिग-२ : आज नेदरल्याण्ड्ससँग खेल्दै नेपाल
जेष्ठ २७, २०८२
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
जेष्ठ ५, २०८२
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै
बैशाख ३१, २०८२
नेपाल र हङकङबीचको खेल वर्षाले रद्ध
बैशाख २६, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७