TRENDING
होमपेज
पुस तेस्रो साता संघीय संसद्को अधिवेशन


काठमाडौ । संघीय संसदको पहिलो बैठक पुसको तेस्रो साता बोलाउने मन्त्रिपरिषद बैठकले निर्णय गरेको गरेको छ । सोमबार साँझ सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले पुस २९ अगावै संघीय संसदको बैठक बोलाउने निर्णय गरेको हो । सरकारको सिफारिसमा राष्ट्रपतिबाट संसद अधिवेशन आह्वान गर्ने संवैधानिक प्रावधान छ ।
निर्वाचनको अन्तिम परिणााम आएको एक महिनाभित्रै संसद बैठक बोलाउनुपर्ने संवैधानिक प्रावधान छ । आगामी पुस २९ अगावै संसद बैठक बोलाउनुपर्ने हुन्छ ।
मन्त्रिपरिषदको पहिलो बैठकपछि सोमबार एक मन्त्रीले कान्तिपुर टेलिभिजनसँग भने ुमिति तोकिएको छैन, तर पुस २५, २६ गतेतिर बैठक बोलाउने गरी प्रक्रिया अघि बढाउने निर्णय भएको छ ।
पहिलो क्याबिनेट बैठकपछि सिंहदरबारमा पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले पनि संघीय संसदको अधिवेशन बोलाउने निर्णय लिएको जानकारी दिए ।
मुख्य समाचारबाट थप समाचार
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
जेष्ठ ७, २०८२
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
जेष्ठ ७, २०८२
वृद्ध भत्ताको उमेर ७० वर्ष पुर्याउने सरकारको तयारी
जेष्ठ ९, २०८२
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
जेष्ठ ७, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७