TRENDING

काठमाडौको तापक्रम आज ४.५ डिग्री सेल्सियस

काठमाडौं  : उपत्यकामा आइतबार बिहान यो वर्षकै कम तापक्रम मापन भएको छ। मौसमविद् हिरा भट्टराईका अनुसार बिहान काठमाडौंको न्यूनतम तापक्रम ४.५ डिग्री सेल्सियस मापन भएको छ।

पश्चिमी वायुको प्रभावले आज सुदूर–पश्चिम र कर्णाली प्रदेशमा आंशिक बदली गराउने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपात हुने अनुमान गरिएको छ।