TRENDING
होमपेज
काठमाण्डौ महानगरपालिकाले आजदेखि एक हप्तासम्म फोहर नउठाउने


काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाले आजदेखि एक हप्तासम्म फोहर सङ्कलन नहुने भएकाले फोहरलाई घरमै व्यवस्थापन गर्न आग्रह गरेको छ ।
महानगरपालिकाले सूचना निकालेर आ–आफ्नो घर, पसल र व्यवसायबाट उत्पन्न हुने कुनै पनि फोहर सडक, चोक, सार्वजनिक ठाउँमा नफाली घरभित्रै राख्न अपिल गरेको हो ।
सहरी विकास मन्त्रालयले बञ्चरेडाँडामा रहेको ल्याण्डफिल साइट जाने दुई किलोमिटर सडक मर्मतको काम भइरहेकाले फोहरका गाडी नपठाउन भनेपछि महानगरपालिकाले फोहर सङ्कलनको काम रोकेको हो । सिसडोलदेखि बन्चेडाँडासम्मको सडक मर्मत गर्न लागिएको हो ।
उपत्यकामा दैनिक एक हजार दुई सय मेट्रिक टन फोहर उत्पादन हुने गरेको छ । यसमध्ये ७५ प्रतिशत सिसडोलमा व्यवस्थापन हुँदै आएको छ भने बाँकी फोहर निजी कम्पनीसँगको सहकार्यमा व्यवस्थापन हुने गरेको छ ।
मुख्य समाचारबाट थप समाचार
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
जेष्ठ ७, २०८२
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
जेष्ठ ७, २०८२
वृद्ध भत्ताको उमेर ७० वर्ष पुर्याउने सरकारको तयारी
जेष्ठ ९, २०८२
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
जेष्ठ ७, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७