

काठमाडौँ ।
काठमाडौँ — १. सबैभन्दा अप्रत्याशित नतिजा, ६४ वर्षयता
विश्वकप २०२२ त्यस्तो प्रतियोगिता रह्यो, जसलाई ‘अन्डर डग’ को विश्वकप भन्न सकिन्छ । यसका १५ खेल एक प्रकारले अप्रत्याशित नतिजामा टुंगिएका छन् । सबैभन्दा ठूलो अविश्वसनीय नतिजा त अर्जेन्टिनामाथि साउदी अरेबियाको २–१ जित नै रह्यो ।
लिग चरणमै मात्र एक दर्जन यस्ता नतिजा रहे । अन्तिम १६ मा मोरक्कोले स्पेन र पोर्चुगललाई हराउनु पनि कम्तीको अविश्वसनीय नतिजा रहेन । यस्तै क्रोएसियाले ब्राजिललाई हराउनु पनि एक प्रकारले स्तब्धपूर्ण नतिजा नै रह्यो । सन् १९५८ मा स्विडेनमा भएको विश्वकपयता, त्यो भनेको ६४ वर्षपछि सबैभन्दा बढी यस्ता अप्रत्याशित मान्न मिल्न नतिजा आएका छन् ।
२. कम प्रहार बढी गोल
यसपालिको विश्वकपमा पोस्टमा कुल १ हजार ४ सय ५८ प्रहार भए । सन् २००२ को विश्वकपछि यो सबैभन्दा कम आँकडा हो । सन् २०१४ मा त १ हजार ६ सय ६१ प्रहार त पोस्ट केन्द्रित थिए । खासमा कतार विश्वकपमा प्रत्येक खेलमा औसत २२।८ प्रहार पोस्टतर्फ भए । यसको अर्थ यसपालि विश्वकपमा आक्रामण कम भएको भन्ने होइन, बरू उल्टै बढी गोल भए । यसपल्ट १ सय ७२ गोल भए । यो सन् १९९८ यता सबैभन्दा बढी हो, जतिबेलादेखि प्रतियोगितामा ३२ टिम सहभागी भए । त्यो वर्ष सन् १९९८ र २०१४ दुवैमा समान १ सय ७१ गोल भएका थिए ।
३. युवा खेलाडीको उदय
विश्वकप २०२२ ले सबैभन्दा बढी किशोर खेलाडीहरूको आगमन पनि देख्यो । यसपालि १० किशोर खेलाडीले आ–आफ्नो देशका लागि सुरुदेखि खेल्ने अवसर पाए । त्यसमा इंग्ल्यान्डका १९ वर्षीय मिडफिल्डर जुड बेलिङ्घम मुख्य छन् । जर्मनीका १९ वर्षीय मिडफिल्डर जमल मुसिला र स्पेनका १८ वर्षीय मिडफिल्डर नै गाभी । केलियन एमबाप्पे पनि भर्खर २३ वर्षका भए । उनीबाट विश्वकपमा अझ धेरै सानदार प्रदर्शन अपेक्षा गर्न सकिनेछ ।
४. शताब्दीकै सफा विश्वकप र अत्यधिक ‘इन्ज्युरी’ समय
यसपालिको विश्वकपमा कुल २ सय २७ पहेँलो कार्ड देखाइएका थिए । अझ चारमात्र रातो कार्ड देखाइयो । यसको अर्थ रेफ्रीहरू कम कडा भए कि रु खासमा विपक्षी खेलाडीमाथि ‘फाउल’ खेल्ने क्रम पनि घटेको छ । यसपल्ट जम्माजम्मी १ हजार ५ सय ९९ ‘फाउल’ भए, जुन निकै कम हो । यसको एउटा कारण रेफ्रीले खेललाई रोक्नुभन्दा अगाडि बढ्न दिन ठीक मान्नु पनि हो । कुल २३ पेनाल्टीका निर्णय भए । त्यसमध्ये तीन पेनाल्टी त फाइनलमै सम्भव भएको थियो । अत्यधिक ‘इन्ज्युरी’ समय दिइनु यस विश्वकपको चर्चाको अर्को विषय रह्यो । बढीमा ११ मिनेटदेखि सामान्यतः ६ मिनेटसम्म ‘इन्ज्युरी’ समय थपिएको थियो ।
५. बुढा खेलाडी
यसपालि युवा खेलाडीको बढी आगमन भयो भन्ने मात्र होइन । खासमा विश्वकप २०२२ भेट्रान खेलाडीहरूको प्रतियोगिता पनि रह्यो । खास मुख्य खेलाडी त ३५ वर्ष उमेर अगाडि पछाडिका रहे । यसरी भेट्रान भन्न मिल्ने खेलाडीमध्ये २७ जनाले सुरुदेखि खेल्ने मौका पाए । यसका लागि उदाहरण दिन त पक्कै सजिलो छ । जस्तो कि ३५ वर्षका लियोनल मेसी र ३७ वर्षका लुका मोड्रिड । यी दुवै खेलाडी यसपल्ट सबैभन्दा बढी छाएका र प्रशंसा गरिएका खेलाडी रहे ।
खेलकुदबाट थप समाचार
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै
नेपाल र हङकङबीचको खेल वर्षाले रद्ध
आईपीएल: चेन्नई प्लेअफ होडबाट बाहिरियो
अर्जेन्टिना ‘विश्वकप २०२६’ मा
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७