

काठमाण्डौ । देशभर चिसो बढ्न थालेसँगै रुघाखोकी र श्वासप्रश्वासका बिरामी बढ्न थालेका छन् । केही दिनदेखि तराईमा हुस्सु र कुहिरोले ढाक्न थालेको छ । हुस्सुसँगै चिसो पनि बढेको छ । उच्च पहाडी र हिमाली क्षेत्रमा पनि पुस लागेपछि चिसो बढेको छ ।
विशेषगरी नवलपरासी, कपिलवस्तु, दाङ, बाँके, बर्दियालगायत तराईका जिल्लामा केही दिनदेखि चिसोका बिरामी बढ्न थालेका छन् । रुघाखोकी, श्वासप्रश्वासका बिरामी पनि बढ्न थालेको डाक्टरले बताएका छन् । चिसोका कारण बिरामी भएर उपचारका लागि अस्पताल पुग्नेहरु बढेका छन् ।
रुपन्देहीको भीम अस्पताल भैरहवाका मेडिकल सुपरिन्टेन्डेन्ट डा। शकुन्तला गुप्ताका अनुसार श्वासप्रश्वास, दम र रुघाखोकीका बिरामी आउने क्रम बढ्दो छ । बिरामीको सङ्ख्या बढेसँगै चिसोबाट जोगिन र स्वास्थ्य सावधानी अपनाउन डा। गुप्ताको आग्रह छ ।
चिसो ह्वात्तै बढेकाले वृद्धवृद्धा साथै बालबालिकालाई थप सचेत हुन, न्याना लुगा लगाउन, तातो खानेकुरा खान, मर्निङवाक गर्नेहरुलाई पनि सावधानी अपनाउन डाक्टरको सुझाव छ ।
स्वास्थ्यबाट थप समाचार
मोहन बैद्यको आइसियुमा राखेर उपचार जारी
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
लागुऔषध कारोबारीको बिगबिगी, २४ घण्टामा आठ जना पक्राउ
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७