

काठमाडौं । सातपटकका फिफा वर्ष खेलाडी लियोनल मेस्सीले विश्व च्याम्पियन सपना पूरा गरेका छन् । विश्वकप फुटबलको आइतबार राति भएको फाइनलमा साविक विजेता फ्रान्सलाई हराउँदै मेस्सीले विश्वकप उपाधिको सपना पुरा गरेका हुन् ।
मेस्सी अब पेले र म्याराडोनाजस्तै विश्वकप जित्ने खेलाडी बनेका छन् । सन् २०१६ को कोपा अमेरिका फाइनलमा अर्जेन्टिना पराजित भएपछि मेस्सीले आफ्नो भागमा सिनियर अन्तरास्ट्रिय उपाधि लेखेको रहेनछ भन्दै सन्याश लिएका थिए ।
तर चौतर्फी दबाबपछि उनी सन्यास फिर्ता लिएर राष्ट्रिय टोलीमा र्फिर्कएका हुन् । मेस्सीकै कप्तानीमा अर्जेन्टिना सन् २०१४ को विश्वकपमा फाइनल पुगेपनि उपाधि भिडन्तमा जर्मनीसँग पराजित भएको थियो ।
निर्धारित समयमा खेलको २३औं मिनेटमा मेसीले पेनाल्टी मार्फत गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । खेलको २०औं मिनेटमा फ्रान्सका विङगर ओउस्मान डेम्बेलेले एन्जेल डिमारियालाई बक्स भित्र फाउल गरेपछि अर्जेन्टिनाले पेनाल्टी पाएको थियो । उक्त पेनाल्टीको सदुपयोग गर्दै अर्जेन्टिनाका कप्तानले सुुन्दर गोल गरे ।
खेलकुदबाट थप समाचार
विश्वकप लिग-२ : आज नेदरल्याण्ड्ससँग खेल्दै नेपाल
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै
नेपाल र हङकङबीचको खेल वर्षाले रद्ध
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७