

काठमाडौं । सरकारको आयात प्रतिबन्ध र नेपाल राष्ट्र बैंकको कसिलो नीतिले बाह्य क्षेत्रमा देखिएको दबाव सुधारोन्मुख बन्दै गएको छ । असोजमा १४ महिनापछि बचतमा गएको शोधनान्तर स्थिति कात्तिकमा पनि सकारात्मक देखिएको छ ।
आर्थिक वर्ष ९आव० २०७७र७८ मा बचतमा रहेका शोधनान्तर स्थिति आव २०७८र७९ को कुनै पनि महिनामा बचतमा जान सकेन । तर, आव २०७९र८० को साउन र भदौमा घाटमा रहेको शोधनान्तर स्थिति असोजदेखि भने बचतमा गएको छ । कात्तिकमा शोधनान्तर बचत थप बढेको हो ।
यस्तै विदेशी विनियम सञ्चिति पनि बढ्ने क्रममा नै देखिएको छ । कोभिड–१९ पछि बैंकिङ प्रणालीमा भएको अधिक तरलताले घटेको ब्याजदरमा सहज रुपमा वित्तीय स्रोत उपलब्ध हुँदा बढेको आयातले दबावमा देखिएको बाह्य क्षेत्र क्रमशः सुधार हुँदै स्थिरतातर्फ जाने अवस्थामा गएको देखिन्छ ।
नेपाल राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागले बिहीबार चालु आव २०७९र८० को चालु महिनाको तथ्यांकको आधारमा मुलकको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदन सार्वजनिक गर्दा बाह्य क्षेत्र क्रमशः सन्तुलित बन्दै गएको तथ्यांक आएका छन् । कर्जाको भारित औसत ब्याजदर एक दशक यताकै उच्च बन्दै गर्दा मुद्रास्फीति लक्षित सीमाभन्दा माथि भएपनि केही सुधारोन्मुख देखिएको छ ।
अर्थ बाणिज्यबाट थप समाचार
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
सगरमाथा संवाद : जलवायु सङ्कटको न्याय खोजिँदै
शेयरबजार निरन्तर ओरालो, घट्यो कारोबार
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७