TRENDING

चितवनमा २ दिनमा २ वटा गैँडा मृत फेला

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा दुई दिनमा दुई वटा गैँडा मृत फेला परेका छन् । निकुञ्जका अनुसार मङ्सिर २८ गते बुधवार र आज बिहीवार दुई वटा गैँडा मृत अवस्थामा फेला परेका हुन् ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार आज बिहान ५ बजेर ५५ मिनेटमा राष्ट्रिय निकुञ्जको अमलटारी सेक्टर लामीचौर पोस्टअन्तर्गत गुन्द्रहीढका मध्यवर्ती सामुदायिक वन क्षेत्रमा पोथी गैँडा मृत अवस्थामा फेला परेको छ । एकापसमा जुधेर १५ वर्षीय गैँडा मरेको अनुमान गरिएको उहाँले बताउनुभयो । गैँडाको खाग, खुर सुरक्षित रहेको उहाँले जानकारी दिनुभयो ।

यस्तै हिजोयही क्षेत्रको कुजौली रेन्जर पोस्टअन्तर्गत नारायणी नदी किनामा छ महिनाको केटो ९भाले गैँडा० मृत अवस्थामा भेटिएको छ । हिजो बिहान ११ बजे निकुञ्जको नियमित गस्ती टोलीले गैँडा मृत अवस्थामा फेला पारेको उहाँले जानकारी दिनुभयो । बाघको आक्रमणमा परि मरेको अनुमान गरिएको छ । त्यो केटाको खाग नपलाएको र खुर सुरक्षित रहेको निकुञ्जले जनाएको छ ।