

हेटौंडा : बागमती प्रदेशमा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को परीक्षामा नयाँ मापदण्ड लागू भएको छ।
सवारी चालक अनुमति पत्र (लाइसेन्स) को ट्रायल परीक्षामा ७० अंक ल्याए पास हुने भएको छ। लाइसेन्स (सवारी चालक अनुमतिपत्र) लिन चाहने परीक्षार्थीले प्रयोगात्मक परीक्षमा ७० अंक प्राप्त गरे पनि उत्तीर्ण हुने भएको हो।
प्रयोगात्मक परीक्षामा सामान्य गल्ती भएमा अनुत्तीर्ण हुने अहिलेको प्रणालीमा सुधार ल्याउन बागमती प्रदेश सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को परीक्षामा नयाँ मापदण्ड लागू गरेको छ। प्रदेशको प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालयले नयाँ मापदण्ड लागू गरेको जानकारी सहित प्रदेशको सबै यातायात कार्यालयमा परिपत्रसमेत गरेको छ।
यससँगै मंसिर १८ गते संघीय राजधानी समेत रहेको काठमाडौंको चाबहिलस्थिति यातायात कार्यालयबाट ७० अंकको ट्रायल परीक्षा कार्यान्वयनको उद्घाटन गर्ने तयारी रहेको बागमती प्रदेश यातायात व्यवस्था सेवा कार्यालयका सूचना अधिकारी राजु अर्यालले जानकारी दिए।
१८ गतदेखि नै ट्रायल परीक्षामा ७० अंकको व्यवस्था कार्यान्वयनमा ल्याइने भए पनि प्राविधिक तयारीका लागि अन्य यातायात कार्यालय क्रमशः कार्यान्वयनमा जाने उनको भनाइ छ।
पाँच महिनाअघि प्रदेशका सबै यातायाता कार्यालय प्रदेश यातायात मन्त्रीस्तरीय बैठकले अंक प्रणाली लागू गर्ने निर्णय गरेको थियो। निर्देशिका जारी भएको करिब दुई वर्षपछि लाइसेन्समा अंक प्रणाली लागू गर्न लागिएको हो। लिखित परीक्षमा भने ६० अंक ल्याउनुपर्ने भएको छ। यसअघि ५० थियो। गत असोज १ गतेदेखि लागू गर्ने तयारी गरेकोमा प्रदेश यातायात मन्त्रालय र मुख्यमन्त्री कार्यालयबीच असमझदारीले रोकिएको थियो।
खेलकुदबाट थप समाचार
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै
नेपाल र हङकङबीचको खेल वर्षाले रद्ध
आईपीएल: चेन्नई प्लेअफ होडबाट बाहिरियो
अर्जेन्टिना ‘विश्वकप २०२६’ मा
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७