TRENDING

अब पनि गठबन्धनकै सरकार बन्छ : राजेन्द्र प्रसाद पाण्डे

धादिङ । धादिङ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा निर्वाचित राजेन्द्र प्रसाद पाण्डेले अब बन्ने सरकार गठबन्धनमै हुने बताएका छन् ।

बागमती प्रदेश सरकारमा मुख्यमन्त्री एवं नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष समेत रहनु भएका पाण्डेले गठबन्धन बनाएर निर्वाचनमा गएका दलहरु र लोकतन्त्रका पक्षधर उम्मेदवारहरु निर्वाचित भएर आएकाले गठबन्धन कै सरकार बन्ने दावी गरे ।

संविधान रक्षाको पक्षमा जनताले मत जाहेर गरेको छ, देशभरको नतिजालाई हेर्दा नतिजा कमजोर देखिएपनि अब फेरि पनि गठबन्धनकै सरकार बन्छु, पाण्डेले भने – यो गठबन्धन अबको पाँच दस बर्षसम्म जान सक्छ।

सोमबार निर्वाचन अधिकृतबाट निर्वाचित भएको प्रमाणपत्र ग्रहण गर्नुहुँदै आफ्नो ध्यान विकास र समृद्धि तर्फ हुने बताए ।

धादिङ क्षेत्र नम्बर १ अन्तर्गत प्रदेशसभा २ मा निर्वाचित शालिकराम जम्कट्टेल र प्रदेशसभा १ मा निर्वाचित मदुकुमार श्रेष्ठले पनि निर्वाचन अधिकृतबाट प्रमाणपत्र ग्रहण गरेका छन् ।

प्रदेशसभा २ मा निर्वाचित जम्कट्टेल नेकपा माओवादीका नेता एवं बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री छन् भने प्रदेशसभा १ मा निर्वाचित श्रेष्ठ नेपाली कांग्रेसका युवा नेता छन् ।