

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतवार नेप्से परिसूचक उच्च अंकले बढेको छ । आइतबार नेप्से परिसूचक ३२.४३ अंक बढेर १९६५.९८ बिन्दुमा पुगेको हो ।
त्यस्तै, सेन्सेटिभ इण्डेक्स ५.३४ अंक बढेको छ भने फ्लोट इण्डेक्स ३.१४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.१६ अंक बढेको छ । आइतबार कारोबारमा आएका २३३ कम्पनीको ४२ लाख २३ हजार कित्ता शेयर २ अर्ब २ करोड ५४ लाख ८९ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ ।
आइतबार नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । अघिल्लो कारोबार दिन १ अर्बभन्दा कमको शेयर कारोबार भएकोमा आइतबार २ अर्ब माथि भएको हो । नेप्सेका १३ उपसमूहमध्ये म्युचुअल फण्ड उपसमूहबाहेक अरु सबै उपसमूहको परिसूचक बढेको छ । जसमध्ये लघुवित्त उपसमूहको परिसूचक ३.०७ प्रतिशत बढेको छ ।
वित्त र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ भने बाँकी उपसमूहको १ प्रतिशतले बढेको छ । आईतवार नेप्सेसँगै डिप्रोक्स लघुवित्तको शेयरमूल्य ८.२१ प्रतिशत बढेको छ ।
त्यस्तै, जीवन विकास लघुवित्तको शेयरमूल्य करिव साढे ७ प्रतिशत बढेको छ भने कुमारी बैंक शेयरमूल्य ६ प्रतिशतभन्दा बढी बढेको छ । आइतबार हिमालयन डिष्टिलरीकम्पनीको ४५ करोड ४ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।
कर्पोरेटबाट थप समाचार
८ महिनामा व्यापार घाटा नौ खर्बमाथि : भारतसँग मात्रै ५ खर्बको
साताभर ओरालो यात्रामा सेयर बजार
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७