TRENDING

थाक्रेको ३ वटा वडाको मतगणना सकियो, राजेन्द्र पाण्डेको अग्रता

धादिङ । धादिङ क्षेत्र नं. १ को मतगणना जारी छ । प्रतिनिधी सभा तर्फ गल्छि गाउँपालिकाको मतगणना सकिएपछि थाक्रे गाउँपालिकाको मतगणना सुरु भएको हो ।

थाक्रे गाउँपालिका वडा नम्बर १, ९ र ११ को मतगणना हुँदा एकिकृत समाजवादीको उम्मेदवार राजेन्द्र पाण्डेको अग्रता छ । उक्त वडामा पाण्डेले १६६८ मत लेराएका छन् भने एमालेका उम्मेदवार भुमि त्रिपाठीले १५९१ मत लेराएका छन् ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका हिमेश पन्तले ५५५ मत लेराएका छन् । यस्तै अन्य साना दल तथा स्वतन्त्र उम्मेदवारले ६५ मत लेराएका छन् भने ११२ मत बदर भएको छ ।

यसअघि गल्छि गाउँपालिकाको सम्पन्न मत गणनामा १८३ मतान्तरले उम्मेदवार पाण्डे अगाडी थिए । समग्रमा अहिले सम्म उम्मेदवार राजेन्द्र पाण्डेले ७०३९, भुमि त्रिपाठीले ६७७९, हिमेश पन्तले २१२० मत लेराएका छन् । त्रिपाठी भन्दा पाण्डे २६० मतले अगाडी रहेका छन् ।