

काठमाडौं । अमेरिकाको मुद्रा अनुगमन सुची करेन्सी मोनिटरिङ लिस्ट’ बाट भारतीय मुद्रा (भारु) हटेको छ। गत शुक्रवार अमेरिकाले भारत सहित इटाली, मेक्सिको, थाइल्यान्ड र भियतनामको मुद्रालाई यस्तो सूचीबाट हटाएको जानकारी दिएको छ।
अमेरिकाको डिपार्टमेन्ट अफ ट्रेजरीले भारुलाई सधैँ अमेरिकी डलरको तुलनामा कमजोर बनाइराखेको भन्दै करेन्सी लिस्टबाट हटाएको हो। यसअघि ती देशका मुद्रा अमेरिकाको निगरानी सूचीमा रहेका थिए।
व्यापारमा फाइदा लिन आफ्नो मुद्रा डलरको तुलनामा कमजोर बनाइराख्ने मुलुकलाई अमेरिकाले निगरानीमा राख्ने गरेको छ । निर्यात बढी हुने मुलुकले आफ्नो मुद्रा कमजोर बनाएर त्यसबाट फाइदा लिने गर्छन्।
तीन वटा मापदण्ड पूरा नभए उसले करेन्सी लिस्टबाट हटाउने गरेको छ। अमेरिकाले आफूसँगको दुई पक्षीय व्यापारमा १२ महिनामा २० अर्ब बढीको व्यापार गर्ने मुलुक, सो मुलुकको चालू खाता सोही मुलुकको कुल गार्हस्थ उत्पादन (जीडीपी) भन्दा दुई प्रतिशतले बढी भए र जीडीपीको २ प्रतिशतभन्दा बढी मुद्रा खरिद गरी आफ्नो मुलुकको मुद्रा बनाइराखेमा मुलुक यस्तो सूचीमा रहन्छन्।
चीन, जापान, कोरिया, जर्मनी, मलेसिया, सिंगापुर र ताइवान हालको अमेरिकाको अनुगमन सूचीमा रहेका सात अर्थतन्त्र हुन्।
नेपालको बाह्य क्षेत्रमा झन् दबाब पर्ने
अमेरिकाले भारुलाई करेन्सी लिस्टबाट हटाउने बित्तिकै यदि साँच्चै भारतले आफ्नो मुद्रा अवमूल्यन गरेको भए उसको मुद्राको भाउ बढी हुनेछ । मुद्रा महँगिने बित्तिकै भारतलाई निर्यातमा धक्का लाग्नेछ ।
उत्पादन गर्न सक्ने मुलुकको मुद्रा अवमूल्यन हुँदा उसको उत्पादन सबैले खरिद गर्न सक्ने र त्यसबाट लाभ लिन सकिने अवस्था आउँछ । यही लाभ लिनका लागि भारतले जर्बजस्ती आफ्नो मुद्राको मूल्य घटाएको आरोप अमेरिकी ट्रेजरी डिपार्टमेन्टले लगाएको छ ।
अर्थविद् केशव आचार्य नेपाली रुपैयाँसँग भारुको स्थिर विनिमय दर भएका कारण नेपालको मुद्राको मूल्य पनि बढ्ने बताउँछन् ।
डलरको तुलनामा नेपाली रुपैयाँ बलियो भए नेपालमा हुने आयात सस्तो हुनेछ। आयातित सामानको मूल्य कम हुँदा नेपालमा थप आयात बढ्ने आचार्य बताउँछन्। यसले बाह्य क्षेत्रमा दबाब झन् गहिरो हुने आचार्यको भनाइ छ ।
आचार्य भन्छन्, ‘सन ६० र ७० को दशकमा जापानले पनि आफ्नो मुद्रा कमजोर बनाएर निर्यात बढाएको आरोप अमेरिकाले लगाएको थियो । त्यसपछि ताइवान सिंगापुर, कोरिया र चीनलाई पनि अमेरिकाले मुद्रा अवमूल्यनको आरोप लगाएको थियो । भारत विश्व अर्थतन्त्रमा छैटाैँ ठूलो शक्ति हो । अमेरिकी विनिमय दर माथि गइरहेको छ । डलरको क्रय शक्ति बढी भएकाले मेक्सिको कोलम्बिया, भारतबाट बेस्सरी आयात गरिरहेको छ । व्यापार घाटा बढेका कारण भारतलाई मुद्रा कमजोर बनाएको भनेको हुनसक्छ ।’
बैङ्किङ्गबाट थप समाचार
साताभर ओरालो यात्रामा सेयर बजार
ट्रकमा २५ करोड फेला, २ जना पक्राउ
ओम मेगाश्रीले भोली देखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने
नेप्सेमा २०.६८ अंकको गिरावट, यी कम्पनीको भयो सर्वाधिक कारोबार
विनियोजनमा देखिँदै आएको विकृति रोक्न रास्वपाको सुझाव
शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : सांसद ज्वाला
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
विश्व खोप सप्ताह प्रारम्भ
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७