

काठमाडौं । सन् २०२२ को फिफा विश्वकप नोभेम्बर २० देखि कतारमा आयोजना हुँदैछ । जसका लागि कतारले निकै नै तयारीहरु गरिसकेको छ । फिफा विश्वकप आयोजना अधिकार पाएयताको १२ वर्षमा कतारले दर्जनौं होटल र आवास कम्प्लेक्स निर्माण गरिसकेको छ ।
विश्वभरका सर्वश्रेष्ठ ३२ टिमका खेलाडी र अफिसियलका साथै एक मिलियन भन्दा धेरै फुटबल समर्थक कतार पुग्ने अनुमान गरिएको छन् । विश्वको जनसंख्याको आधाभन्दा धेरै हिस्सा करिव ५ अर्ब मानिसले विश्वकपको गतिविधि हेर्ने अनुमान गरिएको छ ।
संसारले हेर्ने इभेन्टलाई सफल बनाउन दृढ रहेको कतारले बताएकोछ । विश्वकपका दौरानका क्रममा तीन स्थानमा म्युजिक फेस्टिभल एकसाथ सन्चालन हुने कतारले जनाएको छ ।
शुक्रबार दोहा गल्फ क्वबमा विश्वविख्यात गायक इनरिक इग्लेसेयसको प्रदर्शनी हुनेछ । विश्वकपको यो संस्करण हेर्नका अहिलेसम्म २९ लाख टिकट विक्री भइसकेको छ । ‘कतार विश्वकपका क्रममा ‘फुटबल प्रतियोगिताका अलावा देशव्यापी रुपमा हुने उत्सवमा ९० भन्दा बढी कार्यक्रम सन्चालन हुने र तीमध्ये मुख्य कार्यक्रमहरु खेलको खुला प्रत्यक्ष प्रशारण, म्युजिक फेस्टिभल, सांस्कृतिक प्रदर्शनी र सडक प्रदर्शनी हुनेछन्,’ कतारले जारी गरेको वक्तव्यमा भनिएको छ ।
मनोरञ्जनबाट थप समाचार
यस्तो छ नयाँ गित – ‘मायाको हाँसो’
चीनको स्मलरीग अवार्डको नोमिनेशनमा नेपालको सर्टफिल्म ‘पाउलो’
रानीपोखरी अब सबैका लागि खुल्ला
सर्वनाममा २ दर्जनबढी अन्तराष्ट्रिय नाटकहरु प्रदर्शन
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७