

धादिङ्ग । आसन्न निर्वाचन लक्षित गरी नेकपा एकीकृत समाजवादी सहित गठबन्धनका दलहरुको संयुक्त घरदैलो अभियान शुरु भएको छ ।
यसै क्रममा नेकपा एसका उपाध्यक्ष एवं बागमती प्रदेशका मुख्यमन्त्री धादिंग क्षेत्र नं. १ बाट प्रतिनिधी सभाका उम्मेदवार राजेन्द्र प्रसाद पाण्डे , उपमहासचिव एवं प्रतिनिधी सभा समानुपातिक उम्मेदवार डा.गंगालाल तुलाधर सहित गठबन्धनका नेताहरुको टोली आज मतदाताहरुको घरदैलोमा पुग्नुभएको छ ।
आज बेनीघाट रोराङको वडा नं. १० स्थित मौवाखोलाबाट घरदैलो सहित चुनावी सभाको शुरुवात भएको हो । मौवा खोला, हुग्दीखोला, मझिमटार, ज्यामिरेघाट, खटौती हुँदै प्रचारप्रसार को टोली चरौदी आइपुगेको छ ।
टोलीमा नेकपा एकीकृत समाजबादी धादिङका अध्यक्ष शिवप्रसाद कंडेल, नेकपा माओवादी केन्द्रका शालिकराम जमकट्टेल, नेपाली काङ्ग्रेस धादिङका नेता हरी अधिकारी, लगाएतका नेताहरु रहनुभएको छ ।
बागमती प्रदेशबाट थप समाचार
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७