

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबार (आज) ५ अर्ब ६० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले ९१ अवधिको ३ अर्ब ६० करोड रुपैयाँर ३६४ दिन अवधिको २ अर्ब रुपैयाँ गरी कुल ५ अर्ब ६० करोड रुपैयाँको ट्रेजरी बिल बोलकबोल गर्न लागेको हो ।
राष्ट्र बैंकका अनुसार ९१ दिन अवधिको ट्रेजरी आगामी माघ १० गते परिपक्व हुनेछ । भने ३६४ दिन अवधिको ट्रेजरी २०८० कात्तिक ७ गते परिपक्व हुनेछ । यसअघि बैंकले २८ अवधिको ५ अर्ब रुपैयाँ, ९१ दिन अवधिको ५ अर्ब २० रुपैयाँ, १८२ दिन अवधिको ५ अर्ब रुपैयाँ र ३६४ दिन अवधिको ६अर्ब रुपैयाँ गरी कुल १८ अर्ब २० करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गरेको थियो ।
ऋणपत्रको बोलकबोल अनलाइनमार्फत सोमबार दिउँसो ३ बजे खुला हुने राष्ट्र बैंकले जनाएको छ । बोलकबोलमा सहभागी हुने क, ख र ग वर्गका बैंक, अन्य वित्तीय संस्था, गैह्रबैंक तथा वित्तीय संस्थालगायतमध्ये सर्वाधिक अङ्ग कबोल गर्नेलाई राष्ट्र बैंकले कात्तिक १४ सोमबार ट्रेजरी बिल जारी गर्नेछ ।
कर्पोरेटबाट थप समाचार
८ महिनामा व्यापार घाटा नौ खर्बमाथि : भारतसँग मात्रै ५ खर्बको
साताभर ओरालो यात्रामा सेयर बजार
विनियोजनमा देखिँदै आएको विकृति रोक्न रास्वपाको सुझाव
शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : सांसद ज्वाला
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
विश्व खोप सप्ताह प्रारम्भ
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७