

काठमाडौं । गृह मन्त्रालयले सातै प्रदेशमा चुनावकेन्द्रित प्रदेशस्तरीय सुरक्षा बैठक सुरु गर्दैछ।
मंसिर ४ हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई सुुव्यवस्थित, प्रभावकारी र सफल बनाउने उद्देश्यले सातै प्रदेशमा प्रदेशस्तरीय सुरक्षा बैठकको आयोजना गर्न लागेको गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता फणिन्द्रमणि पोखरेलले थाहाखबरलाई बताए।
आइतबार बाग्मती प्रदेशबाट प्रदेशस्तरीय सुरक्षा बैठकको सुरुवात हुँदै छ। बिहान १० बजेपछि सशस्त्र प्रहरी बलको प्रधान कार्यालय हलचोकमा सुरु हुने बैठकको गृहमन्त्री बालकृष्ण खाँणले उद्घाटन गर्ने कार्यक्रम रहेको प्रवक्ता पोखरेलले जानकारी दिए।
बैठकमा नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरुको उपस्थिति रहने छ। प्रवक्ता पोखरेलले प्रदेशस्तरीय सुरक्षा संयन्त्रको बैठक बसेर निर्वाचनमा सातै प्रदेशको सुरक्षा अवस्था मजबुत पार्ने बताए। प्रदेशस्तरीय सुरक्षा बैठकमा आएका सुरक्षासम्बन्धी सुझावका आधारमा गृह मन्त्रालयले निर्वाचनमा आवश्यक पर्ने थप रणनीति तय गर्ने जनाइएको छ।
प्रवक्ता पोखरेलका अनुसार आज बाग्मती प्रदेशमा प्रदेशस्तरीय बैठक सम्पन्न भए पनि बाँकी प्रदेशमा तिहारपछि मात्रै छलफल हुनेछ।
मुख्य समाचारबाट थप समाचार
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
वृद्ध भत्ताको उमेर ७० वर्ष पुर्याउने सरकारको तयारी
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७