

काठमाडौं । नेपाल राष्ट्र बैंकले ७ महिनामा ३ खर्ब रुपैयाँ विदेशी ऋण स्वीकृत गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार सन् २०२२ को जुलाईसम्म ३ खर्ब ९ अर्ब ९३ करोड ३० लाख रुपैयाँ विदेशी ऋण स्वीकृत गरेको हो ।राष्ट्र बैंकका अनुसार जुलाइसम्म १ खर्ब १८ अर्ब ८३ करोड ५० लाख रुपैयाँ विदेशी लगानी आएको छ भने २ खर्ब ४ अर्ब ९४ करोड ४० लाख रुपैयाँ स्वीकृत भएको छ ।
यस्तै, विदेशी लगानी रहेका कम्पनीले नेपालबाट करिब २ खर्ब रुपैयाँ लाभांश मार्फत् रकम विदेश लिगेका छन् । विभिन्न कम्पनीहरुले १ खर्ब ९६ अर्ब १३ करोड ७० लाख रुपैयाँ विदेश फिर्ता लिएको राष्ट्र बैंकको तथ्यांकमा छ । यस्तै, अघिल्लो वर्ष अर्थात् सन् २०२१ जुलाइसम्म भने २ खर्ब ६६ अर्ब ९० करोड ५० लाख रुपैयाँ विदेशी ऋण स्वीकृत भएको थियो भने १ खर्ब ७ अर्ब ९९ करोड २० लाख रुपैयाँ विदेशी लगानी आएको थियो ।
सन् २०२१ जुलाइसम्म १ खर्ब ९७ अर्ब ६० करोड ४० लाख रुपैयाँ विदेशी लगानी आएको थियो । सन् २०२१ जुलाइको तुलनामा सन् २०२२ मा विदेशी ऋण र लगानी बढेको छ । नेपालबाट विदेशमा लिने लाभांश पनि यस वर्ष बढेको छ ।
अर्थ बाणिज्यबाट थप समाचार
म्यान्माको भूकम्पपीडितलाई एक करोड पाउण्ड दिने बेलायतको घोषणा
८ महिनामा व्यापार घाटा नौ खर्बमाथि : भारतसँग मात्रै ५ खर्बको
साताभर ओरालो यात्रामा सेयर बजार
ट्रकमा २५ करोड फेला, २ जना पक्राउ
विनियोजनमा देखिँदै आएको विकृति रोक्न रास्वपाको सुझाव
शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : सांसद ज्वाला
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
विश्व खोप सप्ताह प्रारम्भ
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७