

काठमाडौं । काठमाडौं महानगरपालिकाले व्यापार व्यवसाय गर्ने व्यक्ति, संघ संस्थाहरूले आफ्नो कार्यस्थलबाहिर राख्दै आएको होर्डिङ बोर्ड (परिचय पाटी) हटाउने भएको छ । महानगरपालिकाले तिहारपछि उक्त पाटी हटाउने निर्णयमा पुगेको हो ।
महानगरपालिकाले ३० वर्गफुट भन्दा माथिका सबै परिचय पाटी तिहारपछि हटाउने काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजु पाण्डेले बताए । महानगरपालिकाले परिचय पाटी राखे बापतको शुल्क ३० दिनभित्र बुझाउन गत असोज ७ गते सूचना जारी गरेको थियो ।
परिचय पाटी राख्दै आएका संघ संस्थाहरूले सो पाटी राखेबापतको शुल्क नतिरेको देखिएकाले बुझाउन आग्रह गरेको हो । अहिले महानगरपालिकालाई केही संघ संस्थाहरूले मापदण्ड भित्र रहेका परिचय पाटीहरूको शुल्क तिर्दै आएको काठमाडौं महानगरपालिकाले जानकारी दिएको छ ।
एक वटा मात्र ६ वर्ग फुटसम्मको परिचय पाटी राख्दा वार्षिक ५ सय, १५ वर्ग फुटसम्मको राख्दा १५ सय र १५ देखि ३० वर्ग फुटसम्मको प्रति वर्ग फुट एक हजार रुपैयाँ महानगरपालिकालाई बुझाउनु पर्ने छ । ‘महानगरपालिकाले ३० वर्ग फुट भन्दा माथिको परिचय पाटी राख्न निषेध गरेको छ, सो वर्ग फुट भन्दा माथि सबै पाटी नगर प्रहरीहरूको साहयतामा तिहारपछि हटाउने छौं, शुल्क नतिर्नेहरूको पार्टी पनि हटाइने छ,’ उनले भने । महानगरपालिकाको आर्थिक ऐन, २०७९ को अनुसूची ९ मा उक्त शुल्क बुझाउने कुरा उल्लेख छ । सम्बन्धित वडा कार्यालयमा महानगरले तोकेको शुल्क बुझाउनु पर्ने हुन्छ ।
शुल्क तिरेका र महानगरका मापदण्ड भित्र रहेर तयार पारिएका पाटीहरूलाई नहटाउने पनि पाण्डेले बताए । ‘परिचय पाटीको राखेको बापत शुल्क तिर्न संघ संस्थाहरू महानगरमा आइरहेका छन्, उनीहरूले शुल्क तिरे पनि महानगरले तोकिदिएको ठूलो वर्ग फिटमा पाटी राखेको छन्, सोही पाटी पनि हामी हटाउँछौं,’ उनले भने ।
पाटी हटाउन एक सय मान्छे हायर गर्दै
काठमाडौं महानगरपालिकाले तियार पछि तत्कालै परिचय पाटी हटाउने तयारी गरी रहेको छ । सो पाटी हटाउनको लागि काठमाडौं महानगरपालिकाले एक सय जना कर्मचारीहरु केही समयको लागि राख्ने भएको पनि पाण्डेले बताए । कर्मचारी राखेर परिचय पाटी हटाउने योजनामा महानगर छ ।
‘हामीले एक सय जना मान्छे हायर गर्छौं, उनीहरुले १०/१० जनाको टोली बनाई १० वटा समूह बनाउँछौं, जहाँबाढी त्यस्ता पाटीहरू छन्, त्यहाँ उनीहरूलाई नगर प्रहरी सहित परिचालन गर्छौं, सोही समूहले काठमाडौंका विभिन्न ठाउँबाट पाटी हटाउन सुरु गर्छन्,’ उनले भने ।
बजारबाट थप समाचार
साताभर ओरालो यात्रामा सेयर बजार
ओम मेगाश्रीले भोली देखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने
नेप्सेमा २०.६८ अंकको गिरावट, यी कम्पनीको भयो सर्वाधिक कारोबार
लगातार चौथो दिन नेप्से परिसूचकमा गिरावट
विनियोजनमा देखिँदै आएको विकृति रोक्न रास्वपाको सुझाव
शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : सांसद ज्वाला
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
विश्व खोप सप्ताह प्रारम्भ
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७