

काठमाडौं। उम्मेदवारी खारेजी गरिएका रुपन्देही क्षेत्र नं २ मा प्रतिनिधिसभाका लागि उम्मेदवार राजु गुरुङको रिट निवेदनमाथि सर्वोच्चमा आज सुनुवाइ हुने भएको छ। सर्वोच्चले छलफलका लागि कार्तिक २ गते बोलाए पनि उक्त दिन हेर्न नभ्याइने भनि आज कार्तिक ४ गते शुक्रबारका लागि पेशी तोकिएको हो।
रुपन्देहीको मुख्य निर्वाचन अधिकृतको कार्यालयले सत्ता गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादी पार्टीका उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज गरेको थियो। उम्मेदवार खारेजी विरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले असोज ३१ गरे अन्तरकालीन आदेश दिँदै दुबै पक्षलाई छलफलमा बोलाएको थियो।
निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य ऐन, २०७४ को दफा १३ को खण्ड ‘ज’ तथा प्रतिनिधि सभा निर्वाचन निर्देशिका २०७९ को दफा १६ ‘ज’ बमोजिम गुरुङको उम्मेदवारी मनोनयन खारेज गरेको थियो। प्रतिनिधि सभा निर्वाचन ऐन २०७४ को दफा १३ मा उम्मेदवारको अयोग्यतासम्बन्धी प्रावधान उल्लेख गरिएको छ।
सोही दफा १३ को खण्ड ‘ज’मा प्रचलित कानूनबमोजिम कालोसूचीमा रहेकोमा सो अवधिभर उम्मेदवार बन्नका लागि अयोग्य हुने उल्लेख छ। सर्वोच्चले अन्तराकालीन आदेश दिएसँगै निर्वाचन कार्यालयले उनको उम्मेदवारी कायम रहेको सूचना निकालेको छ।
उनीसँगै उम्मेदारी खारेजीमा परेका हाम्रो नेपाल पार्टीका डा. कमल भुसाल निकोलसको निवेदनमाथि बिहीबार अन्तरिक आदेश दिन अस्वीकार गर्दै कार्तिक १५ गतेका लागि छलफलका लागि बोलाएको छ।
गुरुङविरुद्ध जिल्ला अदालतल काठमाडौंले लेनदेन मुद्दामा कसुर ठहर गरेको थियो। सोही फैसलाको आधारमा निर्वाचन अधिकृतको कार्यालयले उनको उम्मेदवारी रद्द गरेको थियो। गुरुङले भने उक्त मुद्दा उच्च अदालतमा विचाराधिन रहेको भन्दै खारेजीको निर्णयविरुद्ध रिट दायर गरेका थिए।
मुख्य समाचारबाट थप समाचार
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
वृद्ध भत्ताको उमेर ७० वर्ष पुर्याउने सरकारको तयारी
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७