

उच्च शिक्षा अध्ययनका लागि विदेश जाने नेपाली विद्यार्थीको संख्या प्रत्येक वर्ष बढ्दो छ । नेपालमा शैक्षिक बेरोजगारीको समस्या कायमै रहनु, उच्च शिक्षाको गुणस्तर र आकर्षण नहुनु आदिजस्ता कारणले यहाँका विद्यार्थी हजारौँको संख्यामा विदेश जाने गर्छन् । तर, विदेश गएर पढ्न त्यति सजिलो छैन । नबुझी गएमा असफल हुने र ठगिने सम्भावना पनि उत्तिकै हुन्छ । त्यसैले विद्यार्थीले निम्न कुरामा ध्यान दिन आवश्यक छ :
– विश्वसनीय अंग्रेजी प्रवीणता परीक्षाको तयारी गर्ने र अब्बल अंक ल्याउनुपर्छ ।
– अंग्रेजी तयारी गर्दादेखि नै वित्तीय कागजात को तयारीमा पनि अभिभावकलाई संलग्न गराउने ।
– व्यावसायिक आम्दानीको आधारमा आफ्ना छोराछोरीलाई विदेश अध्ययनमा पठाउन चाहने अभिभावकले व्यवसायको पान र कम्पनी दर्ताको कागजातमा नाम खुलेको कागजात, तीन वर्षसम्म कर तिरेको रसिद, एक वर्षसम्मको व्यावसायिक खाताको कारोबारको प्रमाण तयार गरी भिसा कागजातमा संलग्न गर्ने ।
– जागिरे अभिभावकले आफ्नो तलब खातामा आउने प्रमाणको रूपमा १२ महिनाको तलब विवरण, १२ महिनाकै तलब स्लिप, जागिर खाएको प्रमाणित कागजात, पान, कर तिरेको तीन वर्षको प्रमाणको कागजात संलग्न गराउन तयारी गर्ने ।
– घरजग्गा बेचेर पढाउन पठाउने अभिभावकले लालपुर्जा, बेच्ने र किन्नेको विस्तृत विवरण, खाताबाट किनबेचमार्फत कारोबार गरिएको अध्यावधिक बैंक ट्रान्जेक्सन, मालपोत कार्यालयबाट मोठ स्रेस्ता प्रमाणित कागजातको विवरण सुरक्षितसाथ राख्ने ।
– शैक्षिक कर्जाबाट पढ्न चाहने विद्यार्थीहरूले लोन डिस्बर्समेन्टको कागज, धितोको स्पष्टता उल्लेख गरिएको, तीन वर्षसम्मको मालपोत तिरेको कागज सुरक्षित रूपमा भिसा आवेदनका लागि संकलन गरी राख्ने ।
– आफू पढ्न जाने कोर्स, पहिला पढेको कोर्सकै अनुरूपको विषयसँग सम्बन्धित भएको हुनुपर्ने वा कार्य अनुभवको आधारमा छनोट गरिएको हुनुपर्छ ।
– क्षणिक उद्देश्यले प्रभावित भएर कलेज वा विश्वविद्यालय वा सहर छनोट नभई दीर्घकालीन उद्देश्य प्राप्तिका निम्ति हुनु आवश्यक पर्छ ।
– अस्ट्रेलिया अध्ययनको स्पष्ट उद्देश्य र पढेर फर्कने प्रशस्त आधार तयार गरी स्टेट अफ प्रपोज लेख्न ध्यान दिने ।
– विश्वसनीय परामर्श र शैक्षिक परामर्शदाताको सहयोग लिने ।
-नयाँ पत्रिकाबाट लिइएको
शिक्षाबाट थप समाचार
शिक्षकले आन्दोलन जारी राख्ने, सरकारसँग भएन सहमति
‘शिक्षकका मागप्रति सरकार संवेदनशील बनोस्, – सांसद थिङ
एसईईको सबै तयारी सकियो
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७