

काठमाडौं । नेकपा एमालेले बागी उम्मेदवारी दिएका पाँच जनालाई पार्टीबाट निकालेको छ । आधिकारिक उम्मेदवारविरुद्ध बागी उठेका सुदूरपश्चिम प्रदेश कमिटीका दुई सदस्यसहित पाँच जनालाई एमालेले आज जिम्मेवारीमुक्त गरेको हो । केन्द्रको निर्देशनमा प्रदेश कमिटीका सचिव धर्मराज पाठकले बागीहरुलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निश्कासन गरेका हुन् ।
एमालेबाट निकालिनेहरुमा प्रदेश कमिटी सदस्यद्वय टेकबहादुर हमाल र खेम सुवेदी,केन्द्रीय सल्लाहकार परिषद् सदस्य भक्तबहादुर अधिकारी,राष्ट्रिय मुक्ति समाजका केन्द्रीय सदस्य विजयसिंह मयाल र टेकबहादुर साउद रहेका छन् ।
प्रतिनिधिसभा सदस्यका लागि कञ्चनपुर क्षेत्र नम्बर १ बाट सुवेदीले स्वतन्त्र उम्मेदवारी दिएका छन् । प्रदेशतर्फ १ (क) मा अधिकारी, (ख) साउद, २(क) हमाल र प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा मयाल बागी उठेका छन् ।
मुख्य समाचारबाट थप समाचार
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
वृद्ध भत्ताको उमेर ७० वर्ष पुर्याउने सरकारको तयारी
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७