

काठमाडौं । पिपुल्स पावर लिमिटेडको सेयर आइतबारबाट धितोपत्र दोस्रो बजारमा कारोबारमा आउने भएको छ । कम्पनीको आईपीओ विहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ । कुनै पनि कम्पनीको आईपीओमा नेप्सेमा सूचीकृत भएको दोस्रो दिनबाट कारोबारमा आउने गरेको छ । तर, आज शुक्रबार कारोबार नहुने र भोली शनिबार परेकोले आइतबारबाट कम्पनीको सेयर कारोबारमा आउने भएको हो ।
नेप्सेमा यो कम्पनीको कुल ६३ लाख २६ हजार कित्ता आईपीओ सूचीकृत भएको हो । जसमा ३२ लाख २६ हजार कित्ता संस्थापक समूहको, २४ लाख ६७ हजार ४०० कित्ता सर्वसाधारणको र ६ लाख ३२ हजार ६०० कित्ता स्थानीयको रहेको छ । नेप्सेले यो कम्पनीलाई पीपीएल कारोबार संकेत प्रदान गरेको छ । पहिलो कारोबारका लागि भने नेप्सेले प्रतिकित्ता न्यूनतम ९४.९६ रुपैयाँदेखि अधिकतममा २८४.८८ रुपैयाँ ओपनिङ रेन्ज तोेकेको छ ।
यदि आइतबार स्पेसल प्रि–ओपन सेसनमा यो कम्पनीको सेयर नेप्सेले तोकेको रेन्जभित्र किनबेच भएमा नियमित समयका लागि कारोबार खुल्नेछ ।
कर्पोरेटबाट थप समाचार
८ महिनामा व्यापार घाटा नौ खर्बमाथि : भारतसँग मात्रै ५ खर्बको
साताभर ओरालो यात्रामा सेयर बजार
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७