

काठमाडौं । बाराको प्रसौनी गाउँपालिका–५ प्रष्टोका गाउँका एकै परिवारमा ३ जनाको हत्या भएको छ । हत्या हुनेहरुमा २५ वर्षीया सुजाता चौधरी, उनकी छोरी ३ वर्षीया ताहिरा चौधरी र १६ महिनाको राजवीर चौधरी रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक (एसपी) होबिन्द्र बोगटीका अनुसार प्रारम्भिक अनुसन्धानमा उनीहरुको घाँटी रेटेर हत्या भएको हुनसक्ने देखिएको छ । प्रहरीका अनुसार उनीहरु सुजाना उनका श्रीमान र छोराछोरीसहित गँगटा मार्न घरबाट निस्किएकी थिइन् । श्रीमान् भागेको अवस्थामा दुर्घटना हुँदा केहिपर घाइते अवस्थामा भेटिएका छन् । प्रहरी स्रोतका अनुसार अस्पतालमा उपचार भइरहेको अवस्थामा उनलाई नियन्त्रणमा लिइएको छ । प्रारम्भिक अनुसन्धानमा घरायसी विवादमा हत्या भएको हुनसक्ने आशंका गरिएको छ ।
घटनामा श्रीमानको भूमिका स्पष्ट भइनसकेकोले प्रहरीले जनाएको छ । ।
बजारबाट थप समाचार
पत्रकार दिलभूषण पाठकविरूद्ध पक्राउ पुर्जी जारी
चिराइतो खेतीबाट वार्षिक १२ लाखसम्म आम्दानी
भिजिट भिसा प्रकरण : रास्वपाले अघि सार्यो नयाँ प्रस्ताव
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७