TRENDING

चु्नावअघि आर्थिक तरलता सहज नहुने भन्दै बैंकर्सहरुले दिए यस्तो सुझाव

काठमाडौं । गत स्थानीय तहको निर्वाचनको बेला बैंकिङ्ग क्षेत्रमा देखिएको तरलता अभावको समस्या समाधान हुने अपेक्षा गरिएको थियो । निर्वाचनको समयमा खर्च बढ्ने र त्यो खर्च बैंकिङ प्रणालीमा आउने अपेक्षा धेरैको थियो । तर, गत बैशाखको स्थानीय तहको निर्वाचनमा बैंक तथा वित्तीय संस्थामा रहेको तरलता अभाव खासै समाधान हुन सकेन । स्थानीय तहको निर्वाचनको समयमा बैंकिङ्ग प्रणालीमा ३०र४० अर्ब रुपैयाँको हाराहारीमा मात्रै निक्षेप भित्रियो । जसले गर्दा बैंकर्सहरुले सोचे जति निक्षेप संकलन नभएपनि तरलता अभावलाई केही सहजता कायम गर्यो ।

यसपटक बैंकिङ्ग क्षेत्रमा तरलता अभाव लामो समयसम्म कायम रह्यो । विगतका वर्षहरुभन्दा यसपटक बैंकिङ्ग क्षेत्रमा तरलता अभावका कारण बैंकर्सहरुलाई ठूलो तनावको विषय बन्यो । लगानीयोग्य रकमको अभाव हुँदा बैंक तथा वित्तीय संस्थाले ब्याजर बढाउन भ्याए । ब्याजदर उच्च भएपनि निक्षेप संकलन भने खासै वृद्धि हुन सकिरहेको छैन । बरु ब्याजदर बढ्दा उल्टै कस्ट बढेको बैंकर्सहरु बताउँछन् ।

यस्तै, दशैं तिहारको समयमा सहज तुल्याउने अपेक्षा बैंकर्सहरुले गरेका छन् । अर्थतन्त्र चलायमानका हिसावले दशैं तिहारलाई ठूलो अवसरका रुपमा लिइन्छ । यसबेला बजारमा खर्च बढी हुने भएकाले बैंकिङ्ग क्षेत्रमा पनि तरलता सहज हुने अपेक्षा बैंकर्सदेखि अर्थविदहरुले गरेका छन् । आगामी मंसिरमा हुने प्रदेश र संघको निर्वाचनमा पनि तरलता सहज हुने अपेक्षा गरिएपनि समाधान नै हुने अपेक्षा भने बैंकर्स तथा अर्थविदहरुले गरेका छैनन् ।

सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत ९सीईओ० निश्चलराज पाण्डे पछिल्लो तथ्याङ्क हेर्दा केही सहज भएको भएपनि ठूलो अपेक्षा भने नगरेको बताउँछन् । चुनावको बेलामा खर्च बढेपनि त्यो रकम प्रणालीमा आउन भने गाह्रो हुने उनको भनाइ छ । पर्यटनको सिजन सुरु भएकाले आर्थिक गतिविधि बढ्ने अपेक्षा भने बढी रहेको उनको धारणा छ । आयातमा गरिएको कडाइलाई यथावत राख्नुपर्ने उनले बताए ।

‘पछिल्लो तथ्याङ्क हेर्दा बैंकिङ्ग प्रणालीमा निक्षेप बढ्नेक्रम जारी छ, विस्तारै ग्रोथ भइरहेको छ, दशैंको बेलामा सबै क्षेत्र सुनसान छ, आयातमा कडाइ गरिएको छ, आयात कडाइ गरेपछि तरलता बाहिर जाँदैन, आयात बढ्न दिनु हुँदैन, आयातमा गरिएको कडाइलाई यथावत राख्नु पर्छ,’ उनले भने, ‘पछिल्लो दुई महिना राम्रो हुनसक्छ, अक्टोबरदेखि पयर्टनको सिजन हो भएको हुँदा केही हदसम्म सहज हुन सक्छ, चुनावको बेलामा यातायात खर्च बढ्छ, प्रचार प्रसार गर्दा अर्थतन्त्र चलायमान हुन्छ तर चुनावमा खर्च भएको रकमले तरलता सहज हुन्छ भन्न गाह्रो नै छ, चुनावमा केही खर्च बढेपनिनिक्षेप बढ्छ भन्न सकिन्न ।’

सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत ९सीईओ० सुनिल पोखरेल अहिलेको आर्थिक चलायनमान हेर्दा धेरै सहज हुने अवस्था नरहेको बताउँछन् । प्रणालीमा आउनुपर्ने रकम आइसकेकाले खासै ठूलो परिवर्तन भने नहुने उनको बुझाइ छ । तिहारको समयमा रेमिट्यान्स बढ्न सक्ने भएकाले एकरदुई साता सकारात्मक देखिएपनि फेरि उही अवस्था आउन सक्ने उनले बताए ।

‘तरलता पहिलाभन्दा सहज अवस्थामा छ तर धेरै सहज अवस्थामा होइन,गतिविधि हेर्दा असहज नै हुन्छ, निक्षेप बढ्दैन,जति पैसा बैंकिङ्ग प्रणालीमा आउनुपर्ने थियो त्यो सबै आइसकेको छ, नयाँ पैसा आउने भनेको रेमट्यिान्सबाट मात्रै हो, दिपावलीको समयमा रेमिट्यान्स बढ्न सक्ने भएकाले एकदुई हप्ता सहज हुन्छ, अहिले बजारमा पैसा छरिएको छ, नयाँ डिपोजिट आउने सम्भावना छैन, बैंकिङ्ग प्रणालीबाट बाहिर गएको पैसा सिस्टममा आउने मात्रै हो,’ उनले भने ।

उनले पुस महिनापछि मात्रै समग्र अर्थतन्त्र सहज हुने बताए । बैंकहरुको सिडी रेसियो टाइट अवस्थामा रहेकाले कर्जा प्रवाह गर्ने अवस्थामा बैंकहरु नरहेको उनको भनाइ छ । गत स्थानीय तहको चुनावको बेलामा थोरै रकम मात्रै प्रणालीमा आउँदा थोरै भएपनि राहत भएको उनको बुझाइ छ ।

‘समग्र अर्थतन्त्र हेर्ने हो भने पुस महिनासम्म टाइट अवस्थामा हुने देखिन्छ, पुस पछि चाहि सहज अवस्था आउन सक्छ, अहिले पनि बैंकहरुको सिडी रेसियो टाइट छ, बैंकहरुमा कर्जा प्रवाह गर्ने क्षमता पनि छैन, ८७ प्रतिशतका हाराहरीमा बैंकहरुले बस्नुपर्छ, ९० प्रतिशत सीडी रेसियोलाई सहज भन्न मिल्दैन, यो बीचमा केही पिक लिन सक्छ, चुनावको समयमा बजारमा पैसा देखिन्छ,गत स्थानीय तहको चुनावमा पनि केही रकम बैंकिङ्ग प्रणालीमा आएको थियो,‘उनले भने, ‘३५र४० अर्ब रुपैयाँ जति रकम बैंकिङ्ग प्रणालीमा आएको थियो ।’

स्थानीय तहको चुनावमा अपेक्षा गरेजति रकम बैंकिङ्ग प्रणालीमा नआएपनि प्रदेश र संघको निर्वाचनमा ठूलो रकम आउने अपेक्षा गरेको उनको भनाइ छ । स्थानीय तहको निर्वाचन हुँदाखेरि रेमिट्यान्स पनि बढेको थियो । स्थानीय तहका उम्मेदवारलाई चुनाव खर्च पठाउन विदेशबाट रकम पठाएको ट्रेण्ड देखिएको उनले बताए । यसअघि पनि ५ वर्ष अघि चुनाव हुँदा ३० अर्ब जति निक्षेप बढेको थियो । अघिल्लो पटकको चुनावमा ३० अर्ब बढेको थियो भने यसपटकको चुनावमा ६० अर्ब बढ्न सक्ने उनले बताए ।

अर्थविद् अच्युत वाग्ले तरलता सहज कायम गर्नका लागि सरकारले पूँजीगत खर्च गर्नु पर्ने बताउँछन् । दशैं तिहार र चुनावको बेलामा हुने खर्च हुँदा सहज अवस्था हुन सक्ने अपेक्षा गरिएको भएपनि त्यो हुन नसक्ने उनको भनाइ छ । छायाँ अर्थतन्त्र धेरै ठूलो भएकाले प्रणालीभन्दा बाहिरको नगद नै दशैं चाडपर्व र चुनावमा खर्च हुँदा ठूलो परिवर्तन नल्याउने उनले बताए ।

‘तरलता सहज अवस्थामा ल्याउन सरकारले पूँजीगत खर्च बढाउनु पर्छ, ३ महिना व्यतित हुँदा पनि ५ प्रतिशतको हाराहारीमा मात्रै पूँजीगत खर्च भएको छ, चुनाव र दशैंमा जुन खर्च हुँदा तरलता समस्याको समाधान होला भनेर अपेक्षा गरिएको हुन्छ तर छायाँ अर्थतन्त्र धेरै ठूलो भइसकेको हुनाले प्रणालीभन्दा बाहिरको नगद नै बढीखर्च हुन्छ, यस्तो परिपाटी बसेको हुँदा ठूलो संस्कारिक ढंगको परिवर्तन आउँदैन,’ उनले भने, ‘डलरको भाउ बढेकाले रेमिट्यान्स बढ्न सक्छ, रेमिट्यान्स आए अनुरुपको रकम बैंकमा प्रभाह भयो भने तरलता सहज हुन्छ, तरलता सहज बनाउन पूँजीगत खर्च बढाउनुको विकल्प छैन ।’

निर्वाचनको समयमा सकारात्मक हुन सक्ने अनुमान गरिएको भएपनि खर्बौ रुपैयाँको संकट परेका बेलामा १०/२० अर्बले केही सहज नहुने उनले बताए । चुनावमा औपचारिक अर्थतन्त्रबाट भन्दा बाहिरबाट बढी खर्च हुने गरेको उनको भनाइ छ ।

‘हामीलाई संकट खर्बौ रुपैयाँको परेको हुन्छ, १०र२० अर्ब रुपैयाँले मात्रै समाधान हुँदैन, चुनावमा औपचारिक अर्थतन्त्रभन्दा बाहिरको प्रणालीबाट खर्च हुन्छ,जस्तै, केही पैसा विदेशी मुद्रामा नै खर्च हुन्छ, चुनावको प्रयोजनका लागि भनेर बैंकिङ्ग प्रणालीबाट पहिलादेखि नै निकालिएको हुन्छ, चुनावको बेलामा प्रमाण देखिन्छ भनेर पहिला नै बैंकिङ्ग प्रणालीबाट निकाल्छन्,’ उनले भने ।

अर्थविद् रामेश्वर खनाल बजारमा तरलता प्रयाप्त हुने भएपनि प्रणालीमा भने नआउने बताउँछन् । चुनाव सकिएपछि मात्रै प्रणालीमा भित्रिने उनले बताए । यसपटकको दशैंमा अघिल्ला वर्षहरुको तुलनामा अत्याधिक ब्यापार बढेको उनको बुझाइ छ ।
‘चुनावको बेलामा बजारमा तरलता प्रयाप्त हुन्छ, त्यो तरलता बैंकिङ्ग क्षेत्रमा हुन्छ की बजारमा हुन्छ भन्न सकिन्न किनकी त्यो घुमेको घुमै हुन्छ, चुनाव सकिएपछि त्यो तरलता बैंकमा नै फर्किन्छ, चुनावको बेलामा नगद खल्तिमा बोकरेर हिडेका हुन्छन्,होटल तथा पसलहरुमा नगद रकम प्रयाप्त हुन्छ, त्यो तुरुन्तै बैंकिङ प्रणालीमा फर्किदैन किनभने उनीहरुले पनि खर्च गर्नुपर्छ,’ उनले भने, ‘यसपटक दशैंमा गतिविधि धेरै बढेको छ, म आफै पनि पोखरा, भैरवा लगायत सहरमा घुमिरहेको छु, ३ वर्षको तुलनामा यसपटक आर्थिक गतिविधि ज्यादै बढेको देखेको छु, मानिसहरुको आवतजावत बढेको छ, देशभरि नै ब्यापार बढेको छ, यसपाली जति मैले किनमेल यसअघि कहिल्यै पनि देखेको थिएन ।’

नेपालका बैंकहरुको समस्या पैसा पाउने वित्तिकै उत्पातै कर्जा लगानी गर्ने गरेको उनको भनाइ छ । बैंकहरुमा निक्षेप बढ्दा आँखा चिम्लेर लगानी गर्ने गरेको उनले बताए । कर्जा कुन क्षेत्रमा प्रवाह भएको हो थाहा नहुने गरि नै बढाउने गरेको उनले बताए । राष्ट्र बैंकले बैंकहरुलाई ऋण लगानीमा संयमता अपनाउन निर्देशन दिनुपर्ने उनको राय छ ।