

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेलाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
नाबालिगमाथि जबरजस्ती करणी गरेको जाहेरीका आधारमा पक्राउ परेका क्रिकेटर लामिछानेलाई जिल्ला अदालत काठमाडौंले २० गतेबाट गणना हुने गरी ७ दिनका लागि म्याद थप गरेको हो ।
सोमबार जिल्ला अदालत काठमाडौंले असोज २० गतेबाट लागू हुने गरेर ७ दिनको म्याद थप गरी अनुसन्धान गर्न अनुमति दिएको अधिवक्ता सरोज घिमिरेले बताए । उनले सन्दीपले इजलासमा आफू निर्दोष रहेको कुरा बताएको पनि प्रमाणहरु प्रस्तुत गरेको बताए ।
उनले भने, ‘नेपाल प्रहरीले अदालतमा प्रस्तुत गर्नुभयो, सन्दीप लामिछानेले इजलाशमा आफू निर्दोष रहेको कुरा श्रीमानसमक्ष सम्पूर्ण डिटेलहरु प्रश्तुत गर्नुभयो, म्याद थपको सम्बन्धमा श्रीमानले ७ दिनको समय दिनुभयो, यो २० गतेबाट लागू हुने गरेर दिएको समय हो, २७ गते अदालतमा फेरि हाजिर हुने शर्तमा ७ दिनको लागि म्याद थपिएको छ ।
असोज २० गते काठमाडौंस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका उनलाई बिदाका कारण अदालत बन्द रहेकाले आजमात्रै म्याद थपका लागि अदालत लगिएको थियो ।
१७ वर्षीया एक किशोरीले बलात्कृत भएको भन्दै उनीविरुद्ध २० भदौमा प्रहरी वृत्त गौशालामा किटानी जाहेरी दर्ता गरेकी थिइन् । सन्दीप त्यसबेला क्यारेबियन लिग क्रिकेट खेल्न गएका थिए ।
बजारबाट थप समाचार
पत्रकार दिलभूषण पाठकविरूद्ध पक्राउ पुर्जी जारी
चिराइतो खेतीबाट वार्षिक १२ लाखसम्म आम्दानी
भिजिट भिसा प्रकरण : रास्वपाले अघि सार्यो नयाँ प्रस्ताव
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७