

काठमाडौं। वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको अभिनय समावेश गीति भिडियो ‘सुखी हुनु छैन मलाई’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा गायक स्वरूपराज आचार्यको स्वर सुन्न सकिन्छ । गीतका रचनाकार केदार पनेरु हुन् । पनेरूले मानिसको जीवनका सुखःदुःखका विभिन्न क्षणहरुलाई बोल्ने गरि गीत तयार पारेका छन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका पूर्वसहसचिव रहेका पनेरूले साहित्य तथा कला क्षेत्रमा समेत कलाम चलाउँदै आएका छन् । कृति न्यौपानेले यो गीतलाई संगीतबद्ध गरेका छन् । गीतले समाजलाई रुपान्तरण गर्न सकोस् भन्ने आफ्नो सोँच रहने बताउँदै रचनाकार पनेरूले आउँदा दिनमा पनि गीत लेखनलाई निरन्तरता दिँदै जाने बताए । कलाकार श्रेष्ठले ‘सुखी हुनु छैन मलाई’ले आध्यात्मिक, सन्देशमूलक र मानवताको भाव बोकेको उनले बताए ।
उक्त गीतको भिडियोतर्फ वरिष्ठ कलाकार श्रेष्ठलाई मञ्जु श्रेष्ठ र सुनिल बन्जाडेले अभिनयमा साथ दिएका छन् । साथमा बालकलाकार स्विकृति मगराती, सुगम रेग्मी, अर्पणा श्रेष्ठ र प्रवेश खड्का पनि जोडिएका छन् । दिनेश पराजुलीले छायांकन गरेको भिडियोमा सम्पादन राकेश दाहालको छ । वसन्त सापकोटाले भिडियोको निर्देशन गरेका छन् ।
हेर्नुहोस भिडियो
मनोरञ्जनबाट थप समाचार
यस्तो छ नयाँ गित – ‘मायाको हाँसो’
चीनको स्मलरीग अवार्डको नोमिनेशनमा नेपालको सर्टफिल्म ‘पाउलो’
रानीपोखरी अब सबैका लागि खुल्ला
सर्वनाममा २ दर्जनबढी अन्तराष्ट्रिय नाटकहरु प्रदर्शन
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७