

काठमाडौं । यू–१७ टोलीका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले बिहीबार एफसी यू–१७ एसियन कप छनोट प्रतियोगिताका लागि २३ सदस्सीय टोलीको घोषणा गरेका छन् । यू–१७ साफ खेलेको टोलीमा मुख्य प्रशिक्षक श्रेष्ठले दुई खेलाडी परिवर्तन गरेका छन् । उनले मिरिक लिङदेन र प्रितम कार्कीको स्थानमा राम थापा र श्रेयान्स मानन्धरलाई टोलीमा समावेश गरेका छन् ।
सेप्टेम्बर ५ देखि १४ सम्म श्रीलंकाको कोलम्बोमा सम्पन्न यू–१७ साफमा नेपाल उप विजेता बनेर फर्किएको थियो । नेपाली टोलीले समूह चरणमा भारतलाई ३–१ ले हराएको थियो । तर, फाइनलमा त्यही भारतसँग ४–० ले पराजित भएपछि नेपाल उपविजेतामा सीमित बनेको थियो ।नेपाल फर्किएपछि मुख्य प्रशिक्षक श्रेष्ठले १६ सेप्टेम्बरमा ३० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका थिए । त्यसबाट श्रेष्ठले बिहीबार २३ सदस्सीय टोलीको घोषणा गरेका हुन् ।
नेपाल ‘यू–१७ एसियन कप’ छनोटको समूह ‘एफ’मा छ । यो समूहका सबै खेल पूर्वी एसियाको भियतनाममा हुँदैछ ।समूहमा नेपाल र घरेलु टिम भियतनामसँगै थाइल्यान्ड र चाइनिज ताइपेई छन् । नेपालले पहिलो खेलमा अक्टोबर ५ मा थाइल्यान्ड, ७ मा भियतनाम र ९ मा चाइनिज ताइपेईको सामना गर्नेछ ।
नेपाली टिम :
गोलकिपर : समिर चन्द, रुविन भोगाटी, कृशल मोक्तान
रक्षक : मदन पौडेल, युनिस मगर, दीपक थापामगर, निशान्त तामाङ, विक्रम तामाङ, सेमन्त थापा, अश्विन घोरासैनी, धिरज विश्वकर्मा, राम थापा,
मिडफिल्डर : हरिशराज भट्ट, प्रशान्त लक्षम, विनोद केसी, श्रेयान्स मानन्धर, निरज कार्की, सारोज दर्लामी, युनिश बुढाथोकी, लचु थापा, धनसिंह विक
फरवार्ड : सुवास बम, सिजल राई
खेलकुदबाट थप समाचार
पीएम कपमा पुलिस क्लबको लगातार दोस्रो जित
त्रिवि क्रिकेट मैदानमा फ्लडलाइट र प्यारापिट बढाउने काम सुरु
भावुक स्ट्याटस लेख्दै कप्तान अन्जिलाले मागिन समर्थकसँग माफी
विनियोजनमा देखिँदै आएको विकृति रोक्न रास्वपाको सुझाव
शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : सांसद ज्वाला
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
विश्व खोप सप्ताह प्रारम्भ
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७