TRENDING

सत्ता गठबन्धनको बैठक शुक्रबार पनि बस्दै

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा आज पनि सत्तारुढ दल गठबन्धनको बैठक बस्ने भएको छ । आज बसिने बैठकमा सहमति नजुटेका निर्वाचन क्षेत्रका विषयमा छलफल गरेर टुंगोमा पुग्ने प्रयास हुनेछ ।गठबन्धनभित्र प्रदेश र प्रतिनिधिसभातर्फ सिट बाँडफाँट करिब टुंगिसकेको छ । केही क्षेत्रमा भने दलहरूको दोहोरो दाबी रहेपछि मिल्न सकेका छैन । ती क्षेत्रहरुको विषयमा गठबन्धनको बैठकले अन्तिम रुप दिने एक नेताले बताए ।

नेकपा माओवादी केन्द्रका स्वकीय सचिव रमेश मल्लको भनाइमा लामो गृहकार्य र बैठकपछि प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि गठबन्धन दलहरूबीच निर्वाचन क्षेत्रको बाँडफाँट टुंगो लागेको छ । केही निर्वाचन क्षेत्रमा भएको दोहोरो दावेदारी शीर्ष नेतृत्वबीचको आपसी समझदारीमा छिट्टै टुंगो लगाइने उनको भनाइ छ ।