TRENDING
होमपेज
डेंगुबाट थप २ जनाको मृत्यु, ५ सय ४० जना नयाँ संक्रमित थपिए


काठमाडौं। नेपालमा डेंगु सङ्क्रमणबाट थप २ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बिहीबार सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा दुई जनाको डेंगु सङ्क्रमणकै कारण ज्यान गएको हो। योसँगै नेपालमा डेंगु लागेर ज्या गुमाउनेको सङ्ख्या ३८ पुगेको छ। यस्तै, सोही अवधिमा थप ५४० जनामा सङ्क्रमण पुष्टिभएसँगै देशभरका २८ हजार १ सय ९ जनामा सङ्क्रमण पुष्टि भएको छ।
यो गत साउन १ गतेदेखि असोज १२ गतेसम्मको तथ्याङ्क हो। मन्त्रालयका अनुसार डेंगु बागमती प्रदेशमा सबैभन्दा बढी २१ हजार ९७५ जनामा फैलिएको छ। त्यसपछि लुम्बिनीका ३ हजार १२५, सुदूरपश्चिमका ८५०, प्रदेश १ का ८२९, गण्डकीका ६७७, मधेशका ४१३ र कर्णालीका २३८ जनामा सङ्क्रमण पुष्टि भएको छ। देशभरका ७६ जिल्लामा डेंगु सङ्क्रमण फैलिएको मन्त्रालयले जनाएको छ।
मुख्य समाचारबाट थप समाचार
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
जेष्ठ ५, २०८२
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
जेष्ठ ५, २०८२
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
जेष्ठ ५, २०८२
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
जेष्ठ ५, २०८२
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
जेष्ठ ५, २०८२
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
जेष्ठ ५, २०८२
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
जेष्ठ ५, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७