TRENDING

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई डेंगु संक्रमण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई डेंगु संक्रमण भएको छ । उनले सामाजिक सञ्जाल मार्फत आफूलाई डेंगु संक्रमण भएको जानकारी दिएका हुन । ‘हिजो दिउँसो देखि ज्वरो र शरीर दुखाइका लक्षण देखिन थालेको थियो । आज परीक्षण गराउँदा डेंगु देखियो,’ सभापति लामिछानेले सामाजिक सञ्जालमा लेखेका छन, ‘डाक्टरको सल्लाह अनुसार केही दिन आराम गर्नु पर्ने भएकाले भरतपुर, तनहुँ, लमजुङ, गोर्खा लगायतका कार्यक्रमहरूमा सहभागी हुन नसकिने कुराको जानकारी गराउँदछु । यसबाट पर्न जाने असहजता प्रति क्षमा प्रार्थी छु । मेरो स्वास्थ्य अवस्था सामान्य छ ।’