TRENDING

विवेकशील साझाका नेता पुरुषोत्तम डंगोल कांग्रेस प्रवेश

काठमाडौं । विवेकशील साझाबाट उमेदवार बनेका पुरुषोत्तम ढुंगेल आज नेपाली कांग्रेसमा प्रवेश गरेका छन । उनलाई कांग्रेस नेता प्रकाशमान सिंहले आज बिहान एक कार्यक्रमका बिच नेपाली कांग्रेसमा स्वागत गरेका हुन । ढुंगेल ३० वर्ष लामो कांग्रेसको राजनीति छाडेर विवेकशील साझामा प्रवेश गरेका थिए । विवेकशील साझाका तत्कालीन अध्यक्ष रवीन्द्र मिश्रले उनलाई काठमाडौं क्षेत्र नम्बर १ (ख)को उम्मेदवार बनाएका थिए । तर उनी पराजित भएका थिए ।

रवीन्द्र मिश्र बुधबारमात्रै राप्रपामा प्रवेश गरेका छन र उनले शुक्रबार काठमाडौं क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार घोषणा गर्दैछन ।