

काठमाडौं । चाडपर्वको मौकामा यात्रुसँग बाढी भाडा लिनेलाई प्रहरीले धमाधम कारबाही गर्न थालेको छ । प्रहरीले अभियान नै चलाएर कारबाहीलाई तीव्र पारिरहेको छ । बढी भाडा असुलेको भन्दै प्रहरीले कारबाही गरेपछि केही यातायात व्यवसायीले भने विरोध गरेका छन । प्रहरीले बढी भाडा असुल्नेलाई कारबाही गरेको विरोधमा व्यवसायीले बिहान काठमाडौं–धादिङ चल्ने बस चलाएनन । काठमाडांैबाट धादिङ चल्ने बस बिहान झण्डै तीन घण्टा नचल्दा यात्रुले सास्ती भोगेका छन । अहिले भने गाडी चल्न थालेको छ ।
प्रहरीले यात्रुमाथि ठगी गर्ने जोसुकैलाई पनि कारबाही हुने जनाएको छ । नेपाल प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईले ऐन नियम मान्दिनँ भन्नेलाई पनि कारबाही हुने बताउनुभयो । चाडपर्वको मौका पारेर तोकिएको भन्दा बढी भाडा लिनेलाई कारबाही भएको भन्दै सार्वजनिक गाडीमा अवरोध गर्न नपाइने उहाँको भनाइ छ ।
यदि कसैले त्यस्तो अराजक अवस्थाको सिर्जना गरे उनीहरुलाई पनि कारबाही हुने उहाँले बताउनुभयो।
मुख्य समाचारबाट थप समाचार
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
वृद्ध भत्ताको उमेर ७० वर्ष पुर्याउने सरकारको तयारी
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७