

नयाँ दिल्ली। भारत सरकारले आतंकवादी समूहहरूसँग सम्बन्ध रहेको आरोपमा विवादास्पद मुस्लिम समूह ‘पपुलर फ्रन्ट अफ इन्डिया (पीएफआई)’ माथि पाँच वर्षका लागि प्रतिबन्ध लगाएको छ । गएको दुई सातामा सरकारी अधिकारीहरूले भारतका थुप्रै राज्यमा पीएफआईका कार्यालयहरूमा छापा मारेर धेरै नेतालाई गिरफतार गरेका थिए । सरकारले बुधबार बिहान प्रतिबन्धको घोषणा गरेको हो । पीएफआईले भने सरकारको आरोप अस्वीकार गरेको छ । साथै उसले सरकारी कदमविरुद्ध देशभर विरोध प्रदर्शनको आयोजना गरेको छ ।
मुलुकको सम्मान, सार्वभौम र सुरक्षाप्रति पूर्वाग्रह राख्ने खालका गैरकानुनी क्रियाक्रलापमा पीएफआई र यसका सहयोगीहरू आबद्ध रहेको पाइएकाले प्रतिबन्ध लगाइएको सरकारको दाबी छ । यस समूहको प्रतिबन्धित इस्लामिक समूहहरू द स्टुडेन्टस इस्लामिक मुभमेन्ट अफ इन्डिया (सिमी) र द जमात–उल–मुजाहिद्दिन बंगलादेश (जेएमबी) तथा इस्लामिक स्टेट अफ इराक एन्ड सिरिया (आईएसआईएस)सँग सम्बन्ध रहेको सरकारले बताएको छ ।
भारतको गृहमन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “पीएफआई र यसका सहयोगी समूहहरूले खुला रूपमा आफूलाई सामाजिक–आर्थिक, शैक्षिक तथा राजनीतिक संगठनको रूपमा सञ्चालन गर्दै आएका छन् । तर उनीहरूको गोप्य एजेन्डा भने समाजलाई लोकतन्त्रविरुद्ध डोर्याउने धारणामा आधारित रहेको छ ।” २२ देखि २७ सेप्टेम्बरसम्म यसको कार्यालयहरूमा छापा मार्ने क्रममा २५० जना भन्दा बढी गिरफतार गरिएका छन् । सन् १९९२ मा बाबरी मस्जिद भत्काइएको केही वर्षपछि विवादास्पद संगठन नेसनल डेभलपमन्ट फ्रन्ट (एनडीएफ) स्थापित भएपछि पीएफआई अस्तित्त्वमा आएको हो ।
बीबीसीबाट ।
प्रवासबाट थप समाचार
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
इजरायली सेनाद्वारा गाजा सहरको वरपर निकारी आदेश जारी
बेलायतको इमिग्रेसन नीतिमा व्यापक कडाइ
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७