

काठमाडौँ। कञ्चनपुरको महेन्द्रनगरमा बुधबारदेखि जिल्लास्तरीय पुरुष डबल्स खुल्ला ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । जिल्लाभरका ब्याडमन्टिन खेलाडी सहभागी रहेको प्रतियोगिताको कञ्चनपुरको बेदकोट नगरप्रमुख भोजराज बोहराले शुभारम्भ गर्दै ग्रामीण स्तरबाट नयाँ खेलाडी उत्पादनमा जोड दिए । “खेलकुद स्वास्थ्यसँगै राष्ट्रका लागि पनि खेलिने भएकाले प्रतिभावान् खेलाडी उत्पादनमा लाग्नुपर्छ । जिल्लामा प्रशिक्षक बिना पनि खेलाडीहरु प्रतिस्पर्धा गर्दै अन्तर्राष्ट्रिय स्तरसम्म पुग्नु गौरवको विषय हो ।”
उनले खेलकुदको विकासका लागि बेदकोट नगरपालिका पनि सरोकारवाल निकायसित सहकार्य गर्न तयार रहेको बताउँदै निकट केही समयमै नगरपालिकाले मेयर कप खेलकुद प्रतियोगिता आयोजना गरिरहेको जानकारी दिए । बडादसैँ तथा शुभ दीपावलीका अवसर पारेर यहाँस्थित कञ्चनपुर जिल्ला ब्याडमिन्टन सङ्घको आयोजनामा सुरु भएको प्रतियोगितामा महेन्द्रनगर, झलारी, दैजीलगायतका क्षेत्रका खेलाडी सहभागी छन् ।
त्यस्तै प्रतियोगिता संयोजक शेरबहादुर सिंहले प्रतियोगितामा ५० टोली सहभागी रहेको जानकारी दिए । उनले प्रतियोगितामा विजयी खेलाडीहरुलाई नगद र ट्रफीसहित पुरस्कृत गरिने बताए । तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा प्रथम हुने टोलीलाई रु २१ हजार, द्वितीय हुनेलाई रु ११ हजार र तृतीय हुने टोलीलाई रु पाँच हजार एक सयसहित प्रमाणपत्र र ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ ।
खेलकुदबाट थप समाचार
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै
नेपाल र हङकङबीचको खेल वर्षाले रद्ध
आईपीएल: चेन्नई प्लेअफ होडबाट बाहिरियो
अर्जेन्टिना ‘विश्वकप २०२६’ मा
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७