

काठमाडौं । स्टयाण्ड–अप कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’का विजेता हिमेश पन्त आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार बन्ने भएका छन । उनी रवि लामिछाने नेतृत्वको ‘राष्ट्रिय स्वतन्त्र पार्टी’बाट चुनाव लड्ने तयारीमा लागेका हुन । पार्टीले हिमेशलाई धादिङ क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभातर्फ उम्मेदवार सिफारिस गरेको छ । धादिङ जिल्ला समितिले पन्तसहित अन्य केहीको नाम केन्द्रमा सिफारिस गरेको थियो । यद्यपि, अन्य सबै उम्मेदवारले आफूलाई समर्थन गरेको हिमेशले बताएका छन ।
हिमेशको घर सोही निर्वाचन क्षेत्रमा पर्छ । हिमेश केही समययता रविसँग भेटघाट र छलफलमा थिए । राजनीतिमा आउने आफ्नो पहिल्यैदेखिको सोँच रहेको बताए । सोही कारण आफूले कमेडीमा पनि राजनीति र सामाजिक विषयमा बढी ‘सटायर’ गरिरहेको उनले बताए ।
‘अहिले पोलिटिकल फ्रस्टेसन एकदमै धेरै छ । रवि दाइले स्वतन्त्र पार्टी शुरु गर्दा सकारात्मक भाव ल्याउँछ भन्ने महसुस भयो’, उनले भने, ‘उहाँसँग भेटघाट भयो, छलफल भयो । आफू पनि राजनीतिमा आउने सही समय हो जस्तो लाग्यो ।’सो क्षेत्रबाट उम्मेद्वार बन्न ८/१० जना इच्छुक रहे पनि अन्तिममा सबैले आफूलाई समर्थन गरेपछि उम्मेद्वार बन्ने पक्का भएको हिमेशले बताए । पहिलो कमेडी च्याम्पियनका विजेता हिमेशले पछिल्लो समय चलचित्रमा समेत अभिनय गरिसकेका छन् ।
मनोरञ्जनबाट थप समाचार
रानीपोखरी अब सबैका लागि खुल्ला
सर्वनाममा २ दर्जनबढी अन्तराष्ट्रिय नाटकहरु प्रदर्शन
अन्नपूर्णले पोतेको खुसीका रङ
‘लाज शरणम्’को ओपनिङ करोड माथि
आगामी मे पहिलो साता युकेमा बुद्धजयन्ती पर्व मनाइँदै
विनियोजनमा देखिँदै आएको विकृति रोक्न रास्वपाको सुझाव
शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : सांसद ज्वाला
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
विश्व खोप सप्ताह प्रारम्भ
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७