TRENDING

सुनचाँदीको भाउ सामान्य बढ्यो

काठमाडौं । नेपाली बजारमा बुधवार सुनचाँदीको मुल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन २०० रुपैंयाले बढेको हो । आज छापावाल सुन प्रतितोला ९१ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।आजको लागि तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार १०० रुपैयाँ तोकेको छ । त्यसैगरी, आज चाँदी तोलामा ५ रुपैयाँले बढेर प्रतितोला ११ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।