

काठमाडौं । दीपेन्द्र लामा निर्देशित फिल्म ‘२ नम्बरी’ को ट्रेलर सार्वजनिक भएको छ । मंगलवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको हो । ३ मिनेट १७ मिनेटको सार्वजनिक ट्रेलर फिल्मका केही महत्वपूर्ण झलक समेटिएका छन् ।ट्रेलरमा मित्रता, प्रेम र चोरी सिकारीको बिषय समेटिएको छ । ट्रेलरमा दयाहाङ राई, सौगात मल्ल, उगेन छोदेन, उपासना सिंह ठकुरी, बुद्धी तामाङको ससक्त उपस्थिती देख्न सकिन्छ । ट्रेलरले फिल्मप्रति दर्शकको उत्सुकता जगाउन सफल छ । फिल्ममा दयाहाङ, सौगात, उगेन, उपासना, बुद्धीको अलवा पुस्कर गुरुङ, शारदा गिरी, कविता आले, प्रकाश घिमिरे, सुष्मा निरौला, विश्वास गुरुङ, जयनन्द लामालगायतको पनि अभिनय छ ।
किरण नेपाली प्रस्तुतकर्ता रहेको फिल्ममा दीपक मनाङ्गे, अमलादेवी राई र जयस श्रेष्ठ निर्माता हुन् । सरोज नेपाली कार्यकारी निर्माता रहेको फिल्मको सह–निर्मातामा मिठु तामाङ्नी रहेकी छन् । सुशान्त प्रजापतिको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी, निमेष श्रेष्ठको सम्पादन रहेको फिल्ममा जयन जे वाइवाले संगीत दिएका छन् ।
मनोरञ्जनबाट थप समाचार
यस्तो छ नयाँ गित – ‘मायाको हाँसो’
चीनको स्मलरीग अवार्डको नोमिनेशनमा नेपालको सर्टफिल्म ‘पाउलो’
रानीपोखरी अब सबैका लागि खुल्ला
सर्वनाममा २ दर्जनबढी अन्तराष्ट्रिय नाटकहरु प्रदर्शन
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७