TRENDING

रु रु जलविद्युत परियोजनाले १०.५२ प्रतिशत लाभांश प्रस्ताव

काठमाडौं । रु रु जलविद्युत परियोजनाले १० दशमलव ५२ प्रतिशत लाभांश प्रस्ताव सहित सत्रौ साधारणसभा बोलाएको छ । कम्पनीले उक्त लाभांश प्रस्ताव पारित गर्न कार्तिक ४ गते वार्षिक साधारणसभा बोलाएको हो । साधारणसभा बानेश्वर ब्याङ्केट, थापा गाउँ, नयाँ बानेश्वरमा दिउँसो १ बजेबाट सुरु हुनेछ ।

कम्पनीले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५२६३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गर्नेछ । सभामा आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने ,आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नुका साथै अन्य छलफलहरु कम्पनीले गर्नेछ । कम्पनीले सभा प्रयोजनका लागि असोज २७ गते बुक क्लोज गर्दैछ । यसआधारमा असोज २६ गतेसम्म कायम शेयरधनीले सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।