TRENDING

अरुण काबेली पावरले १० प्रतिशत बोनस शेयर दिने

काठमाडौं । अरुण काबेली हाईड्रो पावरले सेयरधनीलाई १० प्रतिशत बोनस शेयर दिने भएको छ । कम्पनीको असोज ४ गते बसेको सञ्चालक समिति बैठकले १० प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो । उक्त हाईड्रोको करिब १ अर्ब ८५ करोड ५२ लाख रुपैयाँ चुक्ता पुँजी रहेको छ । कम्पनी सञ्चालक समितिले गरेको निर्णय जलविद्युत क्षेत्रको नियामक निकाय विद्युत नियमन आयोगको स्वीकृति र कम्पनीको वार्षिक साधारणसभाले अनुमोदन गरेपछि कार्यान्वयनमा आउनेछ ।