TRENDING
होमपेज
ललितपुर महानगरले पनि फुटपाथ र सार्वजनिक स्थान व्यवस्थित गर्ने


ललितपुर । ललितपुर महानगरपालिकाले पनि फुटपाथ र सार्वजनिक स्थान व्यवस्थित गर्ने अभियानमा लाग्ने भएको छ । काठमाडौं महानगरपालिकाले फुटपाथमा रहेका पसल हटाउनुका साथै सार्वजनिक स्थानमा बनाइएका संरचना भत्काइरहेका बेला ललितपुरले पनि सिको गरेको हो । महानगरले बुधबार सार्वजनिक सूचना जारी गरेर अतिक्रमण गरेर बनाइएका संरचना ३५ दिनभित्र हटाउन भनेको छ ।
नक्सा स्वीकृत विना, मापदण्डविपरीत निर्माण भएका संरचना, सार्वजनिक जग्गा, सडक, फुटपाथ, चोक, पेटी, अतिक्रमण गरी निर्माण भएका स्लोप, टप, सिढी लगायतका संरचना हटाउन महानगरले भनेको हो ।
मुख्य समाचारबाट थप समाचार
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
जेष्ठ ७, २०८२
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
जेष्ठ ७, २०८२
वृद्ध भत्ताको उमेर ७० वर्ष पुर्याउने सरकारको तयारी
जेष्ठ ९, २०८२
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
जेष्ठ ७, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७