TRENDING

गठबन्धनको बैठक बस्दै

काठमाडौं । सत्तारुढ दल गठबन्धनको बैठक बस्दै छ । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार गरेपछि गठबन्धनको बैठक बस्न लागेको हो । केही बेरमा प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्ने भएको हो ।उक्त बैठकमा नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार गर्ने राष्ट्रपतिको कदमबारे छलफल हुने बताइएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले पहिलेपटक दुवै सदनबाट पारित भएर आएको विधेयक सन्देशसहित पुनर्विचारका लागि फिर्ता पठाएकी थिइन्।

तर सरकारले जस्ताको तस्तै पारित गराएर पुनस् प्रमाणीकरणका लागि पठाएको थियो। मंगलबार रातिसम्म प्रमाणीकरणको अन्तिम समय भए पनि भण्डारीले उक्त विधेयक प्रमाणीकरण गरिनन्। सत्तारुढ दलले राष्ट्रपतिबाट संविधानको उल्लंघन गर्ने काम भएको प्रतिक्रिया दिएका छन् भने प्रतिपक्ष नेकपा एमालेले कुनै प्रतिक्रिया दिएको छैन। आज बस्ने बैठकमा गठबन्धनले राष्ट्रपतिको कदमबारे छलफल गर्नेछ।