

काठमाडौं । खुम्बु क्षेत्रको भ्रमणमा जाने पर्यटकले अब अनिवार्य रुपमा ट्रेक कार्ड लिनु पर्ने भएको छ । खुम्बु पासाङ ल्हामु गाउँपालिकाले यस्तो प्रावधान ल्याएको हो । गाउँपालिकाका अनुसार सगरमाथा क्षेत्रको भ्रमणमा जाने पर्यटकको सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन यस्तो कार्य अनिवार्य गरिएको हो । यो कार्ड विदेशी पर्यटकलाई अनिवार्य गरिएको गाउँपालिकाले जनाएको छ । यस्तो कार्ड लिएका पर्यटकले अब इन्ट्री प्वाइन्टमा लामो समयसम्म लाइन बस्नु पर्ने झन्झट हट्ने गाउँपालिकाले उल्लेख गरेको छ ।
पहिलो चरणमा लुक्ला, टोकटोक र नाम्चेमा यो सेवा सुरु हुने र क्रमशः सबै चेकपोइन्टमा यो सेवा उपलब्ध गराइने गाउँपालिकाले उल्लेख गरेको छ । यो सेवा लिएवापत कुने अतिरिक्त शुल्क भने लाग्ने छैन । सेवा भने सबै विदेशी पर्यटकले अनिवार्य लिनु पर्ने गाउँपालिकाको भनाइ छ । यो कार्ड ट्रेकिङ एजेन्टले आफ्नै अफिसबाट बुक गर्न सकिने प्रणाली विकास गर्ने स्थानीय तहले जनाएको छ । त्यस अगाडि तत्कालका लागि भने पर्यटकले पासपोर्ट गाउँपालिकाले पर्यटन शूल्क उठाउने काउन्टरमा बुझाएपछि कार्ड प्राप्त गर्ने भएका छन् । यो सिस्टम २७ सेप्टेम्बरबाट कार्यान्वयनमा आउने भएको छ ।
घुमफिरबाट थप समाचार
पछिल्ला वर्षमा पर्यटन आगमन दर वृद्धि
रानीपोखरी अब सबैका लागि खुल्ला
राप्ति नदीमा गोही छाडियो
सुक्खा पहिरो खस्दा महाकाली लोकमार्ग अवरुद्ध
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७