TRENDING

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधि सभाको निर्वाचनका लागि दलहरुले आज पनि निर्वाचन आयोगमा पुगेर समानुपातिक तर्फका उम्मेदवारहरुको बन्दसूचि पेश गरेका छन् ।

निर्वाचन आयोगले हिजो र आजका लागि सूचि पेशका लागि समय तोकेको थियो । जसमा हिजो सम्म उम्मेदवारहरुको नाम पेश नगरेका दलहरुले आज निर्वाचन आयोग पुगेर उम्मेदवारहरुको सूचि दर्ता गराएका हुन् ।

प्रतिनिधिसभामा समानुपातिक पद्धतिबाट ११० जना र ७ वटा प्रदेशसभामा २२० जना उम्मेदवार हुनेछन् । समानुपातिक पद्धतिमा मतदाताहरुले राजनीतिक दललाई मत दिनेछन् । राजनीतिक दलले पाएको मतको आधारमा बन्दसूचीमा रहेका उम्मेदवार मध्येबाट सांसद निर्वाचित हुनेछन् ।

प्रदेश एवं प्रतिनिधिसभा निर्वाचन